Monday, May 9, 2011
Thursday, May 6, 2010
शङ्कर हाइकुका गर्विला क्षण
लामो अन्तरालपछि ब्लगको बन्द दैलो उघार्ने क्रममा यसपाली हाइकु र त्यसमा शङ्कर लामिछानेको सहभागिताबारे लेखक प्रकाश सायमीले लेखेको ‘शङ्कर हाइकुका गर्विला क्षण’ शीर्षकको एउटा समीक्षात्मक लेख ल्याएका छौँ । खास गरी हाइकु विधाको जन्म, परिचय र विस्तारबारे बखान्नमा धेर खर्चिएको यस लेखमा शङ्करले नेपाली साहित्यमा हाइकुलाई प्रवेश गराएको प्रसङ्गसहितको भागले आंशिक स्थान ओगटेको छ । सायमीले शङ्करका कृतिहरूलाई पुन: नेपाली पाठकहरूमा परिचित गराउने क्रममा भावक अभियान नेपाल संस्थाको स्थापना र त्यससँगै शङ्कर-साहित्यको व्यापकतालाई धुरीमा पुर्याउन शङ्कर लामिछाने निबन्ध कोषको स्थापनामा विशेष योगदान गरेको स्तुत्य छ ।
-------------------------------------------------------------------------------------
जापानका धेरै शास्त्रीय कलाहरू छन्, जसले विश्व समुदायलाई आकर्षित गरेको छ र त्यही अनुरूप ती कला वि
श्वजनीत भएर गएका छन् । त्यस्ता धेरै कलाहरूले पश्चिमी जगत्मा आभ्यासिक कर्म र प्राज्ञिक चिन्तनको थाट बनाएका छन् जबकि ती कलाहरू जापानी समान र त्यसको इतिहासगत व्याख्यामा हेर्ने हो भने जीवनगत चरित्र नै हो । र, अभिन्न अवयव नै हो ।
बासोदेखि शिकीसम्मको शालीन परम्परामा जापानी सभ्यता र संस्कृतिमा हाइकुले धेरै विकासमान चित्र कोर्यो ।
हायकु, हाइकु अर्थात् हा-इकुका विभिन्न र विविध छविका परिचय छन्, पाँच-सात-पाँच अक्षरारेखमा तयार पारिने यो काव्य रचनाको
Sunday, November 1, 2009
Abstract Chintan: Pyaaz (An Onion: Contemplating the Abstract)
गत प्रस्तुतिमा मेरो रेडियोको सौजन्यस्वरूप रुपेश श्रेष्ठको आवाजमा शङ्कर लामिछानेको बहुचर्चित निबन्ध कृति एब्सट्र्याक्ट चिन्तन प्याज भित्रको शीर्ष निबन्धलाई समेटिएको स्मृति घरमा यसपाली सोही निबन्धको अङ्ग्रेजी अनुवाद लिई आएका छौँ । आशा छ, भाषागत सीमाको कारणले खुम्चिएर रहेको शङ्करको उक्त निबन्ध सबै पाठकको घेरामा पुग्नेछ ।
यस अनुवादलाई लामिछानेकै छोरी शिखा लामिछानेले तयार पारेकी हुन् भने यो सामग्री हामीले शङ्करकै सुपुत्र प्रभास लामिछानेको ब्लगबाट साभार गरेका हौँ । प्रभासलाई हार्दिक धन्यवाद !
------------------------------------------------

I met Bangdelji last evening on New Road. “Shankarji”, he says, “I just read your essay, you know that essay ‘Shankar Lamichhane in Shankar Lamichhane’s opinion.’”
“Did you like it?”
“It was entertaining. But too realistic. Why don’t you make the next one a little more abstract”.
Sunday, October 4, 2009
शङ्करको 'प्याज' सुनौँ
स्वाद लिनेले उनका जम्मै किताबमा उत्तिकै रस भेट्छन् । ती मध्ये 'प्याज' को महिमा विशिष्ट रहिआएको छ 'पढालु' पाठकहरूमाझ । पहिलो चोटि किताब समाएर बस्दा नबुझ्दा-नबुझ्दै पनि धेरै कुरा बुझे जस्तो लाग्न सक्छ, र त्यही माझधारको चिनाजानासँगै शङ्करको केस्रादार अध्ययनको लागि घुम्टी खुल्छ ।
यसपाली शङ्कर स्मृति घरमा त्यही कृति 'एब्स्ट्रयाक्ट चिन्तन प्याज' भित्रको शीर्ष निबन्धलाई सुन्ने रुपमा लिएर आएका छौँ, आशा छ यो स्वरुप शङ्करप्रेमी पाठकहरूलाई रुचिकर लाग्नेछ । यसलाई हामीले अनलाइन अडियो सङ्ग्रह 'मेरो रेडियो' बाट लिएका हौँ । निबन्ध वाचनमा आवाज रुपेश श्रेष्ठको हो ।
सुन्नलाई यो लिङ्कमा जानुहोला ।
Thursday, July 16, 2009
गिरीको याद
कवि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखो
टको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र पुजिएका-बुझिएका शङ्करको संस्मरणलेखनको पाटो के-कस्तो रहेछ भनेर उदाहरण राख्नु । त्यसो त कुनै व्यक्तिविशेषमाथि लेखिएको तथा संस्मरण लेखनको गहकिलो स्वाद चाख्न शङ्करको सिङ्गै किताब 'विम्ब-प्रतिविम्ब' मै पस्नुपर्छ ।
तर परिचयात्मक निबन्ध-सङ्ग्रहको नाम दिइएको 'विम्ब प्रतिविम्ब'मा उनको उक्त पुस्तकलेखनको समयमा दिवङ्गत भइसकेका व्यक्तित्व मात्रै थिएनन् । जिउँदा अग्रज प्रतिभा र समकालीनबारे परिचयात्मक भाव उनले उतारेका थिए उक्त पुस्तकमा । प्रस्तुत 'गिरीको याद' निबन्ध भने अगमसिंह बितिसकेपछि लेखेका हुन् शङ्करले । गिरीबारे शङ्करले 'निरन्तर बजिरहने एउटा धुन' र 'ओम स्वाहा ! एउटा नवीन आहुति' गरेर अरू दुई सम्झौटो पनि लेखेका छन् । यी दुईसहित प्रस्तुत 'गिरीको याद' विम्ब-प्रतिविम्ब' सँगालोमा पढ्न पाइन्छ । यसपाली शङ्कर स्मृति घरमा त्यही यादलाई सम्झना गरौँ, पढ्नुस् 'गिरीको याद' :-
टको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र पुजिएका-बुझिएका शङ्करको संस्मरणलेखनको पाटो के-कस्तो रहेछ भनेर उदाहरण राख्नु । त्यसो त कुनै व्यक्तिविशेषमाथि लेखिएको तथा संस्मरण लेखनको गहकिलो स्वाद चाख्न शङ्करको सिङ्गै किताब 'विम्ब-प्रतिविम्ब' मै पस्नुपर्छ ।तर परिचयात्मक निबन्ध-सङ्ग्रहको नाम दिइएको 'विम्ब प्रतिविम्ब'मा उनको उक्त पुस्तकलेखनको समयमा दिवङ्गत भइसकेका व्यक्तित्व मात्रै थिएनन् । जिउँदा अग्रज प्रतिभा र समकालीनबारे परिचयात्मक भाव उनले उतारेका थिए उक्त पुस्तकमा । प्रस्तुत 'गिरीको याद' निबन्ध भने अगमसिंह बितिसकेपछि लेखेका हुन् शङ्करले । गिरीबारे शङ्करले 'निरन्तर बजिरहने एउटा धुन' र 'ओम स्वाहा ! एउटा नवीन आहुति' गरेर अरू दुई सम्झौटो पनि लेखेका छन् । यी दुईसहित प्रस्तुत 'गिरीको याद' विम्ब-प्रतिविम्ब' सँगालोमा पढ्न पाइन्छ । यसपाली शङ्कर स्मृति घरमा त्यही यादलाई सम्झना गरौँ, पढ्नुस् 'गिरीको याद' :-
Subscribe to:
Posts (Atom)