Skip to main content

Posts

Showing posts with the label आजका निबन्ध

अश्रुमिश्रित नयन र डुबिसकेको घाम

॥ गोकुल भण्डारी ॥ ओ टुरिस्ट ! तिमी साँच्चै फर्केर आयौ हगि ? तिमीले इमेलमा आफ्नो आइटिनरेरि पठाउँदासम्म पनि मलाई विश्वास लागेको थिएन । झन्डै चालीस वर्ष अगाडि तिमीले भावुक भएर लेखेको चिठीको जवाफ समेत मैले फर्काइनँ, रिसाएर हैन भन्ने त तिमीले बुझिसकेकै थियौ । वास्तवमा तिम्रो चिठी एउटा कविता थियो, कवितामा सवाल-जवाफ हुदैन, त्यसैले चुपचाप पढ़िरहें - तिमीलाई आश्चर्य लाग्ला त्यो चिठी अझै पनि म सँग सुरक्षित छ – एउटा ऐतिहासिक दस्तावेज जस्तो । बेलाबेलामा मन विरक्तिएको बेला त्यही चिठी बोकेर म एक्लै स्वयम्भू र चोभार जान्छु र तिमीले देखेको काठमांडू हेर्न खोज्छु । खैर, म के देख्छु त्यो त तिमीले पनि छिटै थाहा पाइहाल्छौ नि तिम्रो २/४ दिनको बसाइमा ।

किन लेख्दिनँ म ?

“म तिमीसँग साँच्चै रिसाएको छु, तिमीलाई भन्न मात्रै नभनेको ! मेरो साँच्चै चित्त दुखेको छ तिमीसँग । तिमीले मेरो अपमान गरे झैँ लाग्छ मलाई आजकाल !” यी वाक्यहरू सुनिरहँदा मेरो शिर निहुरिएको थियो । म निरुत्तर थिएँ । भित्रभित्रै आफैँलाई अपराधी अनुभव गरिरहेकी थिएँ । तर स्नेहको तरलताले लफ्रक्क रुझेकी थिएँ । लाग्यो, मेरो आलस्यको ठिहीलाई पगाल्न समयले दिएको न्यानो सूर्योदय हो यो । चुपचाप सुनिरहेँ, अकर्मण्यताको ठिहीलाई पगाल्ने न्याना वाणीहरू । मनको कोमल भागमा मीठो स्पर्श पाएझैं लाग्यो । एउटा चेतनाले अर्को चेतनालाई ब्युँझाउने तातोपन महसुस गरेँ । हृदयमा चुपचाप लुकाएर मुसुक्क मुस्कुराएँ । केही बोल्ने आवाजै थिएन मसँग । त्यसैले एउटी आमाले सन्तानको मृदु तर व्यङ्ग्य वाणीलाई बेवास्ता गरे झैँ आवाजलाई कान दिइरहें, शब्द दिन सकिनँ । तर मेरो अघिल्तिर त मेरो पितातुल्य व्यक्तित्वको आवाज थियो । शरीरभरि एक प्रकारको तरङ्ग छुट्यो । एकैछिनमा झनझनायो मेरो शरीर । बाहिरको चिसोलाई चुनौती दिएझैँ रननन तात्‍न थाल्यो । मैले मेरा गालामा तातो-तातो हुँदै आएको रातोपन महसुस गरेँ ।

हृदयमा तोपलाङ्

वा ह तोपलाङ् ! तिम्रो चित्र मेरो हृदयमा स्थायी बनेको छ । तिम्रो सङ्घर्षको कथा र पीडाका घाउहरूले म तरल बनेको छु । कपासको फूलजस्तो हुस्सुका गुच्छाहरू तल खोँचबाट उठिरहेका आकाश चुम्न हरियालीको पृष्‍ठभूमिमा फूल झैँ आकाङ्क्षाका गुच्छाहरू पनि आकाश चुम्न उठेको अनुभूत गर्छु तोपलाङ्‌मा । एउटा संयोग मात्र थियो म तोपालाङ् पुग्नु । एउटा सुखद् तर आकस्मिक भविता । जीवनमा भइरहने सामान्य घटनाहरू झैँ एउटा छोटो यात्रा केही घन्टाको । कहिलेकाहीँ यस्ता सामान्य घटनाको ठूलै अर्थ र प्रभाव रहन्छ मान्छेको जीवनमा । जीवन भनेकै सूक्ष्म अवलोकन हो जसले नदेखिएका अनन्त भविताहरूको गहिराइ देख्छ र अर्थका सार्थक तहहरू अन्वेषण गर्छ । एउटै घटना र संयोजित दृश्यको पनि अनन्त अर्थहरू उत्पादन गर्ने सम्भावना रहन्छ, सौसरले भने झैँ । तर त्यहाँ जरुरत छ खोजीको, भोकको, प्रतिबद्धताको, सिर्जनशीलताको, जीवनदृष्टिको र सकारात्मकताको । तोपलाङ्‌मा मैले भैरवबहादुरलाई भेटेँ । उनी आफैँ तोपलाङ्का जीवित स्तम्भ बनेको पाएँ मैले । सत्तरी शिशिर पार गरेका उनको अनुहारका असङ्ख्य रेखाहरूमा सङ्घर्षको महाआख्यान पढ्न सकिन्छ । प्रत्येक रेखाहरू समयका क्रूर कोर्र...

मोफसलको कथा

भ न्छन्, मोफसल राजधानीबाट धेरै टाढा छ । हुन त सायद त्यसैले पनि राजधानीवादको हावादेखि पर पनि छ । आज मात्र होइन हिजोदेखि नै मोफसल सँधै राजधानीबाट टाढा नै रहृयो । पर रहेपनि मोफसलले कहिल्यै राजधानीलाई स्मृतिको कठघरामा राखेन । कस्तो बिडम्बना छ भने राजधानी बिरामी पर्दा मोफसलले भरथेग गर्नुपर्छ तर मोफसल थला पर्दा पनि राजधानीले एक झल्को चियाउँदैन । अचम्म लाग्छ, मोफसलको ऋण खाएर बलियो र मजबुत बनेको राजधानी आफूलाई कहिल्यै मोफसलको ऋणी हुँ भन्दैन । वास्तवमा मोफसलको कथा यतिमै समाप्‍त हुँदैन, पुस्तकका पुस्तक लेखिन सक्छ मोफसललाई लिएर । उसको कथा नै यस्तो दर्दनाक छ कि जति नै भने पनि कहिल्यै टुङ्गिदैन । कथा समाप्‍त भएको उद्‌घोष बारम्बार गरिए तर पटकपटक सुरू हुन्छ त्यसको श्रृङ्खला । धेरै पीडा र यातनाहरूसँग दशकौँदेखि सङ्घर्षमय जीवन बाँच्दै हुर्किएको मोफसलमा सुविधाको ना ममा राजधानीमा सहज रूपमा प्राप्‍त हुने ती यावत् कुराहरू पाइँदैनन् जुन मोफसलले पनि भित्री हृदयदेखि चाहना राखेको हुन्छ । पण्डितहरू भन्छन्, 'केन्द्र र मोफसलबीचको दूरी अब घट्दो क्रममा छ ।' विज्ञान तथा प्रविधिको चमत्कारका कारण केन्द्रमा पाइ...

बूढ्यौली घर

मा याले कसैलाई बचाउन सकिने त होइन तर पनि हामी निष्प्राण भएर लडेको मान्छेलाई कठै बिचरा भन्ने गर्छौँ । त्यसैले असी वर्ष पार गरेका मान्छे बित्दा पनि हामी त्यसलाई सहज मान्दैनौँ र उसको मृत्युलाई असामयिकताको संज्ञा दिन्छौँ । यति मात्र होइन, शरीरबाट अलग भएर उडी जाने अमर आत्मालाई पनि हामी मृत नै घोषित गरिदिन्छौँ । आजकाल सजिलो पनि भएको छ- को मरे भन्ने थाहा पाउन अखबार हेरे पुग्छ । विशेषगरी बूढाहरू (यसले विपरीतलिङ्गीलाई पनि जनाउँछ) लाई आफ्ना साथीभाइको जानकारी राख्‍न अखबार सहयोगी भएको छ । समवेदना छपाउने फेसन खुब चलेकोले घाटमा पत्रिकावालाले विज्ञापन प्रतिनिधि राख्‍नुपर्ने दिन पनि छिट्टै आउन सक्छ ! हुन त मृत्यु बूढो भएपछि मात्र आउने होइन । न यो फोटोग्राफर नै हो जसले आफ्नो उपस्थिति अर्थात् फोटो खिच्ने बेला भएको जनाउ दिन्छ । मृत्यु त थाहा नै नदिई लुसुक्क आएर खुसुक्क जाने चिज हो । तर पनि केही अपवादलाई छाडेर साधारणतया मान्छेको मृत्यु युवा अवस्थामा हुँदैन । खानपिन र आहारविहारमा आएको परिवर्तन, रोगप्रतिको चनाखोपनले मान्छेको औंसत आयु क्रमशः बढिरहेको पाइन्छ । सयौँ वर्ष, अझ त्योभन्दा बढी बाँच्ने मान्छे पनि छ...

पढ्नु : प्रेम

प्रे मसँग हाड नाता भएकाहरूले बुझ्छन्- यसभित्रको लगाव कति दुःखदायी हुन्छ, तर मीठो तड्पन ! भोगेपछि यस्तो लाग्दो हो, यो प्रेम भन्ने कुरा त नभइदिएकै भए पनि हुने ! तर के यसबिना संसारको सहज रफ्तार सम्भव छ ? धेरैअघि सोचेथेँ प्रेमबारे केही त लेख्‍नेछु । तर यसबेलासम्म त मैले त्यही सोचाइसँग नै प्रेम गरेर बसिरहेको रहेछु । फेरि यो बसिरहनु, बस्न सक्नु पनि त एउटा प्रेम नै हो । कति-कति प्रेमहरू...। आरम्भमा प्रेमका बारेमा केही विद्वान्‌द्वारा अभिव्यक्त पङ्क्तिहरू : - हरेक दिन म तिमीलाई बढी माया गर्छु हिजोभन्दा आज बढी, भोलिको भन्दा आज कम । - रोजमोन्ड गेरार्ड । - म प्रेममा धेरैपल्ट परेँ । र सधैँ तिमीसँग । - एडगर एलेन पो । - प्रेम दुई जनाले खेल्न मिल्ने र दुवै विजयी हुने खेल हो । - इभा गाबर । - थप प्रेमबाहेक प्रेमको कुनै उपचार नै हुँदैन । - थोरो । - प्रेम विष्फोटक सिगार हो । जानी जानी हामी यसलाई खाइरहेका हुन्छौँ - लिन्डा बेरी । - प्रेम मेरो धर्म हो । योबिना म बाँच्न सक्दिनँ । - जोन किट्स । - मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । - स्यामुयल लभर । ... ...र यति गमिसकेपछि के भय...

सहर : नव कोलाजहरूमा

- जनकराज सापकोटा तपाईँलाई स्वागत छ, म उभिएको व्यस्त सडकको चोकमा । यो सडक एउटा खुला विश्‍वविद्यालय हो । यहाँ समावेशी मान्छेहरूको जीवन पोखिएको छ । अधमराहरूको बैँस छचल्किएको छ । कति सपनाहरू यही सडकका पेटीहरूमा बलात्कृत भएका छन् । कति सपनाहरूले यही सडकका पेटीहरूमा चिसो रात खाएर मृत्युभोग गरेका छन् । यसलाई पढ्न मात्रै जान्नुपर्छ । यहाँ पोखिएका एक-एक जीवन मार्क्सदेखि स्टालिनसम्म र गोर्भाचोभदेखि तेंग सियाओपेनसम्मका दर्शनमा कहीँकतै लेखिएका छन् र सम्बोधनमा परेका छन् । जीवनको सबैभन्दा ठूलो सङ्ग्रहालय हो या सडक । मान्छेहरू जानेर वा न जानेर यी सडकहरूमा घोप्टिन्छन्, पोखिन्छन् र छचल्किन्छन् । बैँस हुनेहरू आरुका फूल फुलाउँछन्, सपना हुनेहरू जीवनका कथा लेख्छन्, पैँताला हुनेहरू दौडिन्छन् र थाक्छन् । हरेक दिनजसो हुने म्याराथन दौडमा पुरस्कार थाप्न नसकेकाहरू बेलुका यहीँ- कहीँकतैका भट्टी पसलहरूमा निर्बाध छिर्छन् । रात छिप्पिँदै गएपछि गिलासको पिँधमा अलिकति बाँकी रहेको रक्सीमा आफ्नो धमिलो छायाकृति हेर्छन् र विधि अनि व्यवस्थालाई कुकुर-गाली गर्छन् । कहिले वेश्यालयजस्तो, कहिले भोजनालयजस्तो, यो सहर कुनै नाट्यशाला...