Skip to main content

Posts

Showing posts with the label सुचना-आह्वान

अनुनय

शङ्कर लामिछाने  (जन्म वि. सं १९८४ चैत ५ - मृत्यु वि. सं २०३२ माघ १०), नेपाली साहित्यप्रेमीका लागि यति नाम नै प्रयाप्त छ  ।    यसमाथि पाठकले निबन्धशिरोमणिको उपाधि ओढाएर प्रेम गरिरहेछन् । साहित्यप्रेमीको खँदिलो दिमागमा यो विशिष्ट नाम छोपिएर बस्नेखालको छैन । सधैँ ताजा बाफ पाठकीय आकाशमा चक्कर काटिरहन्छ । उनी रहुन्जेल नेपाली साहित्यजगत्‌मा उनको लेखनले चर्चाको उचाइमा पङ्ख चलाइरह्यो । जीवन छँदै सामान्य पाठक तथा बौद्धिक समाजबाट सम्मान र वाहवाही पाउने थोरै भाग्यमानी नेपाली लेखकमा उनी पनि हुन् (र यो पनि कुरा हो- उनले जीवनमा हुनसम्मको असङ्गति र विडम्बना पनि झेले ।) । पाठक र आलोचकका आँखामा शङ्कर धेरै चिनिएका छन् । अझ कतिपय कोणमा उनलाई चिन्नै बाँकी रहेको होला । अनि गहिरिएर बुझ्न छुटिरहेको पनि हुनसक्छ । चिनिएकै कुरामा पनि के सही र के गलत चिनिएछ भनेर त्यसलाई सच्याउनु पनि पर्ला । शङ्करको नाम अघि सारेर उनलाई हाम्रो गफगाफ र चिन्तनको सभानायक बनाउँदा व्यक्तिवादको पिछलग्गु बनेको एउटा आरोप पनि लाग्ला । तर कुरा व्यक्तिको होइन, व्यक्तित्त्वको हो । आम मस्तिष्कमा बौद्धिक भुइँच...