Showing posts with label शङ्कर- अप्रकाशित रचनाशृ‍ङ्खला. Show all posts
Showing posts with label शङ्कर- अप्रकाशित रचनाशृ‍ङ्खला. Show all posts

Friday, June 6, 2014

महामुद्रा

आजभन्दा २००० वर्षअगाडि अनकन्टार, हिमालयको एक कन्दरामा भिक्षु बसेका छन्। उनका सामु दश–पन्ध्र जना चेला–भिक्षुहरु दत्तचित्त भएर गुरुले बताएको धर्म उपदेश ग्रहण गरिरहेछन्। पीतवर्ण लुगा लगाएका भिक्षुहरु, हिमालयबाट बिदा हुन लागेको सुनौला प्रकाशमा अरु देदिप्यमान बनिरहेछन्। उनका अनुहारमा कौतुहल, जिज्ञासा र कथाको अनौठो प्रकृतिबाट अल्मलिएकोपन पनि प्रष्ट थाहा हुन्छ। 
 
ताडपत्रमा लेखिएको त्यो तान्त्रिक कथा सन्ध्या–भाषामा लेखिएको थियो। अनङ्गवज्रद्वारा रचित ‘प्रज्ञोप’यबिनिश्रयसिद्धि’को त्यस अंशमा अनौठोसँग यी वाक्य परेका थिए– ‘महामुद्राको अनुभव ग्रहण गर्नलाई प्रत्येक साधकले सर्वनारीको भोग गर्नै पर्दछ।’
 
भिक्षुहरुको अनुहारमा बढी कौतुहल र बढी जिज्ञासा देखिन्छ। कसै–कसैको अनुहारमा वितृष्णा पनि झल्कियो।

Monday, March 23, 2009

तुम कौन हो ?

तुम कौन हो ?
चन्द्रमा की विमल, स्वर्णिम रश्मि सी तुम
कौन हो ?
तुम कौन हो ?

कमल की नव पल्लवी सी कोमला तुम
कौन हो ?
तुम कौन हो ?

मधुर वीणा के स्वरों सी चन्चला तुम
कौन हो ?
तुम कौन हो ?

आग की उठती लठा सी सुन्दरी तुम
कौन हो ?
तुम कौन हो ?

कौन जीवन के अन्धेरे में उजाले की किरण सी
कौन हो ?
तुम कौन हो ?

स्वर्ग का वरदान हो तुम
या कि माया मूर्ति कोई ?
अप्सरा या मानवी हो ?

सत्य हो या स्वप्न कोई ?
मुस्कुराहट में नयन की
बात मन की
मत छिपाओ
यह बताओ

कौन हो ?
तुम कौन हो ?

-----------------------------------------------------
शङ्करले हिन्दी साहित्यमा पनि कलम चलाएका छन् । खास गरी अध्ययनका क्रममा बनारस-बसाइमा सरसङ्गतिको प्रभावले उनी हिन्दी साहित्यतिर आकर्षित भएको र बिस्तारै लेखनमा पनि हात बसाउन थालेको पाइन्छ । हिन्दीमा विशेषत: उनी कविता लेखनतिर ढल्किएका छन् । तिनमा पनि प्रायश: उनले प्रेम-प्रणयका कविता लेखेका छन् । उनले लेखेका तिनै कविताहरूमध्येबाट प्रकाश सायमीको सङ्कलनमा रहेको र उहाँमार्फत समृद्धि सायद हुँदै हामीसम्मन् आइपुगेको कविता यहाँ प्रस्तुत गरेका छौँ । शङ्करका चेतनप्रवाह शैलीमा बगेका निबन्ध मात्र पढ्दै आएका पाठकहरूको मनमा यो सौगात फरक स्वादको रूपमा बस्ने नै छ ।

*तस्बिर: मिस्ट एन्ड स्टोन

Sunday, February 15, 2009

THIS NIGHT

- Shankar Lamichhane
Like a torn leaf of notation
A piece of sky
Is glued over here.

It is its song
thant the waves murmer
And sing out to the shores.

This night,
Now I feel,
Will not be able to nestle in my eyes ! ---

It is this night
That has taken away
The songs
That I composed
And had not yet sung.

Wednesday, December 31, 2008

प्रश्‍नचिह्न

यसपाली शङ्करको कथाको पालो । प्रश्‍नचिन्ह । सङ्ख्यात्मक रूपमा हेर्दा, निबन्धको तुलनामा कथासिर्जनामा मितव्ययी देखिएका उनको यो कथा सिर्जनायात्राको प्रारम्भिक कालको रहेको बुझिएको छ । शङ्कर लामिछाने निबन्ध कोषसँग सम्बन्धित स्रष्टा प्रकाश सायमीका अनुसार, शङ्करले प्रश्‍नचिन्ह कथा बनारसमा लेखेका हुन् । महाकवि देवकोटासँग पहिलो भेट (वि. सं. २००७) हुनुअघि लेखिएको यस कथामा शङ्कर अलि आभ्यासिक चरणमा रहेको छनक पाइन्छ । सायमीका ठम्याइमा यससमेत शङ्करका अरू दुई कथा आभ्यासिक चरणका अपरिष्कृत रचना छन्- 'सपनामा समावेश चुम्बन' (गौँथलीको गुँड कथासङ्ग्रहमा समाविष्ट जुन रचना निबन्धका रूपमा शिव रेग्मीद्वारा सम्पादित 'शङ्कर लामिछानेका निबन्ध' मा समेत समेटिएको छ ।) र 'नेरी नं. २' ।

सम्पादकले कहानी पठाउन गुहारेकोमा त्यसको बदलामा विशृङ्खलित जीवनको निस्सारता पोखिएको राजु नामक कुनै साथीको पत्र ठेलिदिने शङ्कर विचित्र लाग्न सक्छन् । यस कथाको भावभूमि त्यस्तै छ । तर अलमलिनु पर्दैन, तलको सिङ्गो लेखाइ शङ्करकै हो । खालि उनले यहाँ शिल्पीको सीमा विस्तार गर्दै कथानकमा चलखेल गरेका छन् । साहित्यिक पाकशालामा नयाँ-नयाँ पकवानको प्रयोगमा रम्ने शङ्करको शैलीगत चमत्कार यस कथामा टड्कारै देख्‍न सकिन्छ । बाँकी कुरा यसभित्रै परिभ्रमण गरेर स्वाद चाखौँ । >>>
---------------------------------------------
श्री सम्पादकजी,
कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा पहिले पनि भिन्न देखिन्थ्यो । उसको पिताजी दरबारी थिए । तेस्रो बाजी बिहा गरेर जन्मेको राजुले आफ्नो बाल्यावस्था पिताजीको काखमा बिताउन पाएन । आमा उसलाई जन्म दिएको केही समयमा नै परलोक भइन् । र ऊ पालियो पिताको एक साथीकहाँ । परदेशमा । काकाले उसलाई मित्रको हैसियतबाट पाले । र राज जहिले पनि थियो । उसले चाहेको पुग्न गाहारो थिएन - धनको विषयमा । तर प्यार उसले पाएन ।

र आज उसको यस्तो पत्र पाउँदा- मलाई दुःख लागेको छ । र म त्यसको जवाफ पाउन सक्दिनँ । यो पत्र छापिदिनोस् । सायद कोही पाठकले तकलीफ उठाएर जवाफ दिहाल्नेछन् ।
भवदीय-
शङ्करप्रसाद, ताहाचल ।

शङ्कर,
आज बिहानैदेखि एक किसिमको नरमाइलो लागिरहेछ । बितिसकेका जीवनका घटनाहरूको सम्झना अहिलेको अवस्था र भविष्य यी तीनै थोक एकैचोटि मगजमा घुमिरहेछन् । र असहाय भएर, एउटाबाट अर्कोमा आफ्नो विचार हुत्याउँदै गर्छु तर हरेकमा पीडा छ । बितिसकेका जीवनको दुःख मेटिइसकेछ - तिनमा सिर्फ मिठो बिझ्ने सम्झना छ । अहिले चलिरहेको जीवन कुन दिशामा जाँदै छ, थाहा छैन, त्यसमा अज्ञानता छ । भविष्य के हुन्छ, कसरी म आफूलाई एक स्थान बनाऊँ, यो सोच्न सक्दिनँ दृष्टि धमिलिएको छ- अतः त्यसमा असमर्थता छ ।

आज बिहानैदेखि मनमा आफूलाई पढ्ने भावना उम्रिरहेको छ । यो अज्ञानतालाई चिरेर- म देख्‍न सकूँ केही, यो इच्छा छ । र बिहानैदेखि जीवन-फिल्मको चक्कलाई उल्टो घुमाएर म झन्‌झन् पुराना सीनहरू हेर्दै जान्छु । र एक प्रश्‍न बारबार मेरो मनमा घुमिरहेछ, म त्यसलाई समाधान गर्ने कोशिसमा थिएँ । म किन यस्तो दुःखी छु - व्यतीत जीवनका हर अङ्गमा यो प्रश्नचिन्ह ट्रेडमार्कझैँ लागेको छ !! वर्तमान जीवनको हरेक कुनामा यो प्रश्‍नचिन्ह झन् गहिरो सँग छापिएको छ ! मलाई आफ्नो जीवन अहिले एउटा पुरानो नोट जस्तो लागिरहेछ । मैलो, ठाउँठाउँमा च्यातिएको, असङ्ख्य हातमा परेर एउटा गरिबको हातमा पर्न आएको । ऊ त्यसलाई ओल्र्टाई-पल्र्टाई हेरिरहेछ । त्यसमा छापिएको रुपियाँको अङ्क अस्पष्ट छ, त्यसको पानीछाप धमिलिएको छ तापनि व्याप्त छ, त्यो पानी
छाप नोटको जीवनी हो, एक इतिहास ! मेरो जस्तै । र त्यो गरिब सोचिरहेछ - यो नोट चल्छ ? मेरो प्रश्‍न जस्तै ।

र सबैभन्दा मुख्य छ- यसको रुपैयाँ भुक्तान माग्न आएमा सदर मुल्की खानाबाट मोरु... तुरुन्त पाइनेछ । नोट जन्मेको अड्डामा पुग्न गाहारो छ, धेरै दुःखदायी, तर सबै जान्दछन् नोट कहाँबाट आयो । .....

मनको यो भावना हटाउनकै लागि होटलतिर लागेँ । होटेलहरूको ख्याउँख्याउँमा एक किसिमको आनन्द हुन्छ । तर .... भाग्यवश भनूँ या अभाग्यवश साथीहरू पनि रहेछन् । कुराको बहस मलाई नै केन्द्रित भएर उठ्यो । एउटाले भन्यो - 'राजु केटाकेटीमा यति तेज, चलाख र हँसिलो थियो, आजकाल के भो ?'

मेरा केही मित्रहरू यस्ता पनि छन्, शङ्कर, जसले राजुको सिर्फ एक रूप देखेका छन्- हँसिलो । तिनीहरू सोच्दछन् राजु अत्यन्त सुखी छ, किनकि ऊ खुसी छ । तर जो मेरा धेरै नगीच छन्- र दुवै रूप जान्दछन्- उनीहरू जान्दछन् कि राजु गम्भीर हुँदै आएको छ ।

मोहनले भन्यो- "यत्ति इन्टेलिजेन्ट भएर पनि राजुले धेरै पढ्न सकेन । यही त सबैभन्दा दुःखको कुरा छ ! नपढ्ने कुरा पनि केही थिएन ।"

गोपालले भन्यो- "कलेजमा जब थियो, अत्यन्तै ब्रिलियन्ट थियो । हामीहरूले धेरै आश राखेका थियौँ । तर.....शायद खल्तीको पैसा र यहाँको वातावरण सब यसका प्रतिकूल भए । यसमा राजु डुब्यो, पार हुन सकेन ।"
"होइन ।"
"ठिटीहरू ?" "अहँ, मलाई राम्ररी थाहा छ !"
"तब, सिर्फ एउटै कारण हुन सक्छ- स्नेहको अभाव ! यसले केटाकेटी बेलामा प्यार पाउन सकेन, र माया पनि त्यसबेला जब धेरै ढिला भैसकेको थियो । त्यसबेला जब ५ बजिसकेको थियो ।"

त्यस बखत यस्तो लाग्यो कि भईँमा मुङ्ग्रोले हानेर खेल्दाखेल्दै अकस्मात् हातमा चोट लागेझैँ मेरो हृदयको ठीक कमजोर ठाउँमा कसैले ढुङ्गा हान्यो । र बिहानैदेखि घुमिरहेको प्रश्‍न..... त्यसले जवाफ पायो - स्नेह अभाव ।

मेरो जीवनको ट्रेजेडी आमाको छिटो मरण । र बाबुको साथी काकाको शुष्क हृदय । म काकालाई दोष दिन्नँ । किनकि मैले उनीसँग स्नेह पाइनँ यो भन्दिनँ । यो अन्तिम २ वर्ष उनले आफ्नो हृदय मेरो अगाडि राखेका छन् । तर..... गोपालको अवस्था.... त्यस बखत राजु ढुङ्गा बनिसकेको थियो । पानीले माथिल्लो सतह भिजाएर बगेर गयो भित्र पुग्न सकेन । काकाले मलाई एक मित्रको हैसियतबाट प्यार दिनुभो न कि छोराले । हामी राजनीति, साहित्य, इतिहास, प्रेम र वासनामाथि गफ गर्थ्यौँ । मेरो जीतमा बधाई र मेरो हारमा अफशोच दिनुभो- एक मित्रले झैँ। तँलाई थाहै छ, मैले एक दिन वहाँलाई भनेँ- "म फलानी लड्कीसँग विवाह गर्न चाहन्छु ।" वहाँले भन्नुभो- "हुन्छ, तर मैले अठोट गरेँ कि ऊ सच्चा प्रेम गर्छे कि गर्दिन !" र उमाबाट निराश भएर एक दिन इतिहास बताउँदै मैले भनेथेँ- "म बिहा गर्दै गर्दिनँ, स्वास्नीमानिस धोकालु छन् ।" काकाले भन्नुभयो- "वासनाको भोकमा अन्धा भएर नहुत्तिनु । बिहे गर्नु-नगर्नु तेरो हातमा छ, तर राजु, बिहे गर्ने अगाडि सिर्फ २ कुरा विचार गरेस् । एक त एउटैसँग जीवन बिताउने प्रण र अर्को उसले तँलाई प्रेम गरेको होस् ।"

यत्तिको स्वतन्त्रता पाएर पनि, सबैभन्दा धोका पाएको छु, स्वास्नी मानिसबाट । मेरा पे्रमहरूको श्री गणेश राम्रो छ तर कठिन वाचा अत्यन्त नराम्रो । शायद यो मेरो असमर्थताकै दोष होला ! बिजुली बत्ती बलेको सडकमा हिँडेको बेला के तैँले एउटा कुराको विचार गरेको छ - बत्तीको खम्बा अगाडि हुन्जेल क्या राम्रो लाइट छरेर सडकै उज्यालो पारेको हुन्छ । तर त्यही खम्बा नाघ्नेबित्तिकै छाया अगाडि सरेर बाटोलाई झन् अन्धकार पारिदिन्छ । मेरो जीवन पनि यस्तै एउटा बटुवाको सफर हो । तर.... शायद म रुकेको भए उनीहरूको ज्याति पाउन सक्थेँ होला । र रुक्नु त जीवन होइन, अब त्यो पनि अस्वाभाविक हुन जान्थ्यो ।

त अँ, काकाले दिइराखेको यो स्वतन्त्रताले मलाई एउटा राम्रो मित्र बनायो तर एउटा असल पुत्र बनाउन सकेन । र आज मेरा सयकडौँ मित्र छन् र सबै मलाई चाहन्छन्- म उनीहरूलाई चाहन्छु । तर म पति बन्न सकिनँ । त्यो शक्ति ममा उठ्नै पाएन । स्वास्नी मानिसहरूप्रति, म उनीहरूको प्रेम तुरुन्त पाउन सक्छु, तर टिकाउन सक्दिनँ । प्रेमी बनेर उनीहरूलाई प्रेम गर्न सक्छु, तर पति बनेर उनीहरूलाई स्नेह दिन सक्दिनँ । यहीँ त मेरो जीवनको ठूलो हार छ ! स्त्री चाहन्छे, पतिमा कठोर एवम् बलियो आश्रय । ऊ दबिन चाहन्छे, न कि दबाइन । ऊ चाहन्छे कोही आफ्नो मुठोमा (हृदयमा, जीवनमा) उसलाई बाँधोस् । स्वास्नीमान्छेमा शरण (resignation) को भावना हुन्छ र ऊ चाहन्छे लोग्ने मानिसमा आश्रय (possession) को । राजुमा त्यो (instinct, faculty) शक्ति छैन । नोटझैँ ऊ एक हातबाट अर्को हातमा सरी, आफूलाई बेचेर, सुख दिन जान्दछ । जान्दैन त सिर्फ कसरी सुख किनिन्छ । नोटलाई हातमा लिँदा हरेकलाई खुसी हुन्छ, तर सुख किन्न नोट बेच्नुपर्दा सबलाई दुःख पनि हुन्छ । राजु खुसी दिन सक्छ, सुख दिन सक्दैन । हुन त, तँ भन्लास् नोटको सच्चा जीवन च्यातिएर चिथडा नहुन्जेल र सहर मुल्की खानामा त्यसको भुक्तानी माग्न नपठाइन्जेल हात साटिरहनु, खुसी दिइरहनु हो । कन्जुसको सेफमा बन्द हुनु होइन । तर.... आफ्नो जिउमा, कागजमा तेल-मैलो लागेको देखेर नोटलाई के मलाई जस्तै थुनिन मन लाग्दो होइन होला ?

मलाई यस्तो किन मन लाग्छ ? किन ? किन ?

तेरो मित्र,
राजु
--------------------------------------------------------------------------------------------

Monday, December 22, 2008

O MOUNTAINS !


- Shankar Lamichhane


Keep forever now
My footprints as souvenirs -
I am on my way to the valley now.
I'm so very grateful
You have carpeted my trails with gold-leaves;
I am so very grateful
That you flowered the rocks with orchids.
Please remember
Some one came to scale
Your heights and depths
And had heart enough
To possess you.
And remember
He stood in the middle of the bridge
And cut his heart in two
With the blades of your stream;
While the trees around
Waved their branches
Like someone's hands
Waving farewell.
And his heart weighed
The stones he was stepping upon;
Each step
That increased the distance
Of separation !


November 26, 1960
Pati-bhanjyang

--------------------------------------------------------------------------------------------