तु म कौन हो ? चन्द्रमा की विमल, स्वर्णिम रश्मि सी तुम कौन हो ? तुम कौन हो ? कमल की नव पल्लवी सी कोमला तुम कौन हो ? तुम कौन हो ? मधुर वीणा के स्वरों सी चन्चला तुम कौन हो ? तुम कौन हो ? आग की उठती लठा सी सुन्दरी तुम कौन हो ? तुम कौन हो ? कौन जीवन के अन्धेरे में उजाले की किरण सी कौन हो ? तुम कौन हो ? स्वर्ग का वरदान हो तुम या कि माया मूर्ति कोई ? अप्सरा या मानवी हो ? सत्य हो या स्वप्न कोई ? मुस्कुराहट में नयन की बात मन की मत छिपाओ यह बताओ कौन हो ? तुम कौन हो ? ----------------------------------------------------- शङ्करले हिन्दी साहित्यमा पनि कलम चलाएका छन् । खास गरी अध्ययनका क्रममा बनारस-बसाइमा सरसङ्गतिको प्रभावले उनी हिन्दी साहित्यतिर आकर्षित भएको र बिस्तारै लेखनमा पनि हात बसाउन थालेको पाइन्छ । हिन्दीमा विशेषत: उनी कविता लेखनतिर ढल्किएका छन् । तिनमा पनि प्रायश: उनले प्रेम-प्रणयका कविता लेखेका छन् । उनले लेखेका तिनै कविताहरूमध्येबाट प्रकाश सायमीको सङ्कलनमा रहेको र उहाँमार्फत समृद्धि सायद हुँदै हामीसम्मन् आइपुगेको कविता यहाँ प्रस्तुत गरेका छौँ । शङ्करका चेतनप्रवाह शैलीमा बगेका निबन्ध मात्...