शङ्कर लामिछाने निबन्ध समाजले २०६८ सालको शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ निबन्धकार श्यामप्रसाद शर्मालाई सम्मान गरेको छ ।
लामिछानेको ८५ औं जन्मजयन्तीको अवसर पारेर गत चैत ५ गते पुरस्कार अर्पण गरिएको थियो । पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् एवम् साहित्यकार सत्यमोहन जोशीले पुरस्कार अर्पण गरेका थिए । १९८६ असार ६ गते मकवानपुरको सोलीथुम गाउँमा जन्मिएका श्यामप्रसादका तन्नेरी साथीहरुसँग दुईचार कुरा, बहिनीलाई चिठी-भाग १ र २, तँ-तिमी-तपाईँ-हजुर, साहित्य सम्बन्धी दुईचार कुरा, लेखक कसरी बन्ने, थुनुवाको डायरी, केही कविता, केही गीत, मेरा डायरीका पाना, श्रद्धाको एउटा थुँगो, भूमिकाहरू लगायत एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरी निबन्ध विधामा कलम चलाउने उनले साहित्य, स्वास्नीमान्छे लगायतका पत्रिकाको सम्पादन पनि गरेका छन् ।

उनका निबन्धहरूलाई समेटेर विवेक सिर्जनशील प्रकाशनले २०६१ सालमा श्यामप्रसादका निबन्धहरू नामक कृति निकालेको छ ।