(शङ्कर लामिछानेले समाज दैनिकका सम्पादक मणिराज उपाध्यायलाई लेखेको पत्र । यो पत्र समाजले २०१९ साल फागुनमा निकालेको साहित्यिक विशेषांकमा प्रकाशित छ । २०२४ सालमा प्रकाशित शङ्करको निबन्धसङ्ग्रह एब्सट्र्याक्ट चिन्तन प्याजमा समेत यो निबन्ध सङ्ग्रहित छ ।)
मणि दाजु,
तपाईँले
भन्नुभएको छ 'समाज' को विशेषांकको निमित्त म केही लेख
दिऊँ- खासगरी पत्रकारिता र त्यो पनि 'समाज' कै समालोचना गरेर । करिब दुई
घण्टादेखि समाजको मसँग भएको संग्रह पलटाइरहेँ र सोचिरहेँ क्यै त लेख्नैपर्यो ।
तपाईँ एक मित्रको रूपमा मबाट चाहनुहुन्छ आफ्नु कला कौशलको समीक्षा ।
त, यो दुई घण्टा म सोचिरहें । र केही पनि
सोच्न सकिनँ । कमसे कम छाप्ने लायक त केही पनि सोच्न सकिनँ । तपाईँ भन्नुहोला
छाप्ने लायक छुट्याउने अधिकार त सम्पादकमाथि पो छ । मेरो, यहाँनिर, छाप्ने लायक भन्ने शब्द प्रयोगको
अर्थ चाहिँ हो– त्यस्तो
विषय, जो
मानिसले पढ्न मन पराउँछ । अब तपाईँकै पत्रिका लिऊँ न । मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन्, जसले त्यसमा प्रमुखता पाएका छन् । किन
अर्काको कष्ट, दुर्घटना
र मृत्युलाई मानिस पढ्न मन पराउँछ ? (मन नपर्ने भए तपाईँको पत्रिका कहिले
नै बन्द भैसक्थ्यो) ।