पढ्ने सबैको आ-आफ्नो कला हुन्छ, लेख्ने आ-आफ्नो शैली । एउटै लेखकका सम्पूर्ण कृतिहरू एकै लहरमा राखेर पढ्ने मेरो स्वभाव छ । शङ्कर लामिछानेका गौँथलीको गुँड (कथासङ्ग्रह), एब्स्ट्रयाक्ट चिन्तन : प्याज, विम्ब-प्रतिविम्बलगायत केही अप्रकाशित अङ्ग्रेजी र हिन्दी कविताहरू पढेँ मैले । साँच्चै मज्जा रहेछ शङ्कर-साहित्यमा । एउटै किताब विम्ब-प्रतिविम्बभित्र थुप्रै शङ्कर लामिछानेहरू रहेछन् । जम्मा १४ स्रष्टाको संस्मरण समेटिएको छ यसमा ।
सामान्यतः दिवङ्गतहरूप्रति नै शब्दगुच्छाहरू उनिन्छन् । तर, जीवितै अवस्थामा व्यक्तिहरूका बारेमा परिचयात्मक निबन्ध लेखेर शङ्करले दुस्साहस नै गरेका हुन् । तिनमा मान्छेका नवरसहरू गजबसँग पर्गेलिएको छ । पढ्न पाइन्छ । पारिजात र छिन्नलताका बारेमा उनले शब्द र भावना दुवैमा कन्जुस्याइँ गरेका छैनन् । जिउँदी पात्रका रूपमा छिन्, पारिजात । विपरीतलिङ्गीसँगको सम्बन्ध चर्चामा आएपछिको अप्ठ्यारो रहँदारहँदै लेखेका रहेछन् उनले । यति हुँदाहुँदै पनि व्यक्तिगत धारणाभन्दा पनि सिर्जनात्मक वातावरणलाई अक्षरमा उतारेका छन् ।
शङ्कर लामिछाने स्वयम्ले महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति पूर्वाग्रह पालेका भए कुन्नि ? नत्र, अभावमा पनि स्रष्टाको सिर्जनशीलता र अदम्यपन देखेर नतमस्तक भएका छन् । देवकोटाले भन्ने अनि लेखकले टिप्ने गरेर चार घन्टामा पाँचवटा कथा रचना पनि सामान्य होइन । बच्चाहरू पिठ्यूँमा बोकेर कविता रच्ने महाकवि धन्य हुन् । कतिपय सम्बन्धहरू रित्तोपना छाडेर जान्छन्, तब मात्र थाहा लाग्छ, हाम्रालागि ती खास रहेछन् । तुलसीनाथ ढुङ्गेलका बारेमा शङ्करलाई यस्तै अनुभव भएको छ । सामान्य ठानेको र सामान्य मानिरहेको सम्बन्धले उब्जाएको भाव र मनका तरङ्गहरू छन् यसमा । अम्बर गुरुङका आरोह-अवरोह पढ्दा पनि त्यस्तै लाग्छ ।
एकअर्कासँगको लय र ताल रहनुलाई लेखकले 'स्फटिक रहस्य' मानेका छन् । र, अन्त्यमा महाकवि देवकोटाले शङ्कर लामिछानेलाई भनेका रहेछन्, "शङ्करजी, मैले जे गरेँ, त्यही बाटो तपाईँ हिँड्ने हो भने नआउनूस् । आफ्नो बाटो आफैँले पहिल्याउनूस् ।" तर, हामी त सबै देवकोटा, शङ्कर लामिछाने, डेरिडाहरू बन्न तम्सिरहेका छौँ ।

--------------------------------------------------------------------------------------------
यो छोटो र मनन योग्य लेखको निम्ती आभार समृद्धि सायदजीलाई , केहि अघि नै यो लेख देखेर पस्न खोज्दा असफल भैरहेथेँ र गुनासो बिसाएथेँ धाईबाजीलाई , आज बल्ल आईपुगेँ यहाँ । शँकरधारा बाल्टिनमा उघाएर खन्याईरहनुस् हामी त्यस्मा भिजीरहन तयार छौं - कामना पनि शुभकामना पनि ।
ReplyDeleteDearest Esteems,
ReplyDeleteWe are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.
Contact Dr. James Eric Firm via
Email: fastloanoffer34@gmail.com
urgentloanoffer22.blogspot.com/
Whatsapp +918929509036
Best Regards,
Dr. James Eric.
Executive Investment
Consultant./Mediator/Facilitator