२००७ सालपछि दर्जनौँ निबन्धकारहरू हातेमालो गर्दै आए तापनि नेपाली निबन्धमा विषय र शैली दुवैतिरबाट बिलकुलै नौलो प्रयोग गर्ने निबन्धकार भनेर शङ्कर लामिछानेको नाम लिइन्छ । भर्खरै प्रकाशित उहाँको 'अब्स्ट्रयाक्ट चिन्तन प्याज' मा सङ्कलित केही निबनधहरूमा जीवनका अन्तर्बाहृय कोणहरूलाई कतै मुर्त रूपले र कतै अमूर्त रूपले औँल्याउने कोशिश भएको देखिन्छ ।
शङ्कर लामिछाने एक चिन्तनशील, अध्ययनशील र विश्वसाहित्यको समसामयिक गतिविधिसित विशेष चासो राख्ने व्यक्ति भएकाले उहाँको अध्ययन, चिन्तन र प्रभाव तीनै कुराको समष्टिगत प्रेरणास्वरूप नेपाली निबन्धले व्यापकता, गहिराइ र चमत्कारिता पाउनु स्वाभाविक हो । आत्मपरक निबन्धको अगिल्लो छेउ लक्ष्मीप्रसाद देवकोटाको कवितात्मक उडानबाट शुरू हुन्छ भने अर्को छेउ शङ्कर लामिछानेको प्रयोगात्मक अभियानबाट शुरू हुन्छ भन्ने पनि कसैको मत छ, तर यसो भन्नुभन्दा यसो भन्नु मिल्दो होला- थोरै लेखेर पनि नेपाली निबन्धको स्वरूप र शैलीमा शङ्करले नयाँ क्रान्ति ल्याउनुभएको छ, यस क्रान्तिको भावपक्षमा निस्सारवादको धूलोमैलो पनि पाइन्छ तापनि कलापक्ष बेजोड छ भन्न करै लाग्छ ।
- भैरव अर्याल (सम्पादक),
साझा निबन्ध (सम्वत् २०२६) मा समाविष्ट 'नेपाली साहित्यमा निबन्ध : एक विहङ्गावलोकन' परिचय खण्डबाट । आठौँ संस्करण (२०५९), ललितपुर : साझा प्रकाशन ।
--------------------------------------------------------
मूलतः नेपाली हास्यव्यङ्ग्य निबन्ध सिर्जनाको फाँटमा विशिष्ट पहिचान बनाएका भैरव अर्यालले सम्पादकीय अभिभारामा रहेर पनि नेपाली बाङ्मयलाई परिपुष्ट पार्नमा योगदान गरेका छन् । त्यसैका बलिया उदाहरण हुन्- साझा कथा, साझा निबन्ध आदि कृतिहरू ।
यसबाहेक, उनको खास चिनारी त काउकुती (सम्वत् २०१९) जयभुँडी (२०२२), गलबन्दी (२०२६) इतिश्री (२०२८), दशावतार जस्ता शिष्ट हास्यव्यङ्ग्यले परिपोषित कृतिमै मिल्छ । यी सबै पाँचै कृतिलाई भैरव पुरस्कार गुठीले (स्थापित २०६०) भैरव अर्यालका हास्यव्यङ्ग्य नामक एउटै ग्रन्थमा समेटेर २०६० सालमा प्रकाशन गरेको छ । उनलाई नेपाली साहित्यले इतिहासमा सँगाल्ने भनेकै तिनै गर्विला रचनाबाट हो । कारण हास्यव्यव्यङ्ग्य र भैरव अर्याल हाम्रो साहित्यमा आपस्तका पर्यायवाची बनिसकेका छन् ।
शङ्कर लामिछानेबारे अर्यालले संस्मरणात्मक लेख 'शङ्कर दाइ र फ्रैङ्क क्यापरा' पनि लेखेका छन् । विदेह पत्रिकाले शङ्करको निधनपछि २०३३ सालमा प्रकाशन गरेको शङ्कर स्मृति अङ्कमा समाविष्ट उक्त लेख हामी आगामी रचनात्मक क्रममा पस्किनेछौँ ।

--------------------------------------------------------------------------------------------
No comments:
Post a Comment
۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्नुस्---