शङ्कर लामिछाने (जन्म वि. सं १९८४ चैत ५ - मृत्यु वि. सं २०३२ माघ १०), नेपाली साहित्यप्रेमीका लागि यति नाम नै प्रयाप्त छ । यसमाथि पाठकले निबन्धशिरोमणिको उपाधि ओढाएर प्रेम गरिरहेछन् । साहित्यप्रेमीको खँदिलो दिमागमा यो विशिष्ट नाम छोपिएर बस्नेखालको छैन । सधैँ ताजा बाफ पाठकीय आकाशमा चक्कर काटिरहन्छ । उनी रहुन्जेल नेपाली साहित्यजगत्मा उनको लेखनले चर्चाको उचाइमा पङ्ख चलाइरह्यो । जीवन छँदै सामान्य पाठक तथा बौद्धिक समाजबाट सम्मान र वाहवाही पाउने थोरै भाग्यमानी नेपाली लेखकमा उनी पनि हुन् (र यो पनि कुरा हो- उनले जीवनमा हुनसम्मको असङ्गति र विडम्बना पनि झेले ।) ।
पाठक र आलोचकका आँखामा शङ्कर धेरै चिनिएका छन् । अझ कतिपय कोणमा उनलाई चिन्नै बाँकी रहेको होला । अनि गहिरिएर बुझ्न छुटिरहेको पनि हुनसक्छ । चिनिएकै कुरामा पनि के सही र के गलत चिनिएछ भनेर त्यसलाई सच्याउनु पनि पर्ला । शङ्करको नाम अघि सारेर उनलाई हाम्रो गफगाफ र चिन्तनको सभानायक बनाउँदा व्यक्तिवादको पिछलग्गु बनेको एउटा आरोप पनि लाग्ला । तर कुरा व्यक्तिको होइन, व्यक्तित्त्वको हो । आम मस्तिष्कमा बौद्धिक भुइँचालो छोड्ने एउटा प्रतिभाको प्रवृत्तिलाई पूजा गर्नु र त्यसैलाई दृष्टान्त बनाएर नयाँ यात्राको बिगुल फुक्नु कुनै बाटोबिराइ होइन । बरू सम्भावनाको स-सानो भए पनि ज्वर हो, जसले कुनै दिन प्रज्ञाजगत्लाई नै उधुमले तताउनेछ र रचनात्मक क्रियाशीलतामा फलदायी उम्लाइ दिनेछ ।
भौतिक चोलाबाट उठेपछि यताको ३३ वर्षे कालखण्डमा समेत यी लेखक निरन्तर चाख र आकर्षणमाझ रहँदै आए । यस भण्डारलाई शङ्करका सबै किसिमका प्रकाशित-अप्रकाशित लेखरचना समेटिएको मूलघरका रूपमा विकास गर्ने हाम्रो योजना छ । यसका लागि तपाईँ विद्वान् प्रतिभा तथा प्रेमी पाठकहरूको अटुट साथ नभई हुन्न । यति मात्र होइन, यस भण्डारलाई वर्तमान साहित्यिक गतिधाराको सशक्त झलक दिने हिसाबले विशेषत: निबन्ध विधाको संवर्द्धन एवम् प्रवर्द्धन गर्नमा केन्द्रित गरिनेछ ।
अर्थात् शङ्करका जीवन्त सिर्जनाहरू र उनीबारे विभिन्न विद्वान् व्यक्तित्व तथा प्रेमी पाठकद्वारा लिखित रोचक मन्तव्य, आलोचना, संस्मरण, अनुभूति, टिप्पणी एवम् विविध विवेचना त ब्लगमा खुराक रहने नै छन्, आजका पुस्ताको गद्य पनि यसमा पढ्न पाइनेछ । अत: मस्त सुतेर घुरिरहेको नेपाली निबन्धको नाकको पोरामा पानी छ्याप्न आजको युवा पुस्ता किन अघि नसर्ने भनेर हाम्रो चुनौती पनि हो । खासमा, यो त समयकै चुनौती हो । यो चुनौतीलाई थाम्दै नेपाली गद्यको लाज राख्न गहन अभिभारा लिनेमा आजका को छोरा-छोरी अग्रसर छन् ? प्रश्न यही ब्लग हो, र जवाफ पनि यसैले दिँदै जानेछ । यसर्थ: आउनुस्, तपाईँ-हाम्रो हातेमालोबाट नेपाली साहित्यको टाक्सिएको गोरेटो फराकिलो बनाऔँ र त्यसमा निरन्तर लगनले उज्यालो रोगन पनि भरौँ ।
देवकोटा र लामिछानेपछि खारिएको तीक्ष्ण गद्य बोकेर एउटा इतिहास उभ्याउने तन्मयतामा को लागिपरेको छ ? को त्यस्तो स्पष्ट अनुहारमा देखिएको छ ? बान्किलो गद्यसाथ कस्तूरीहरू यत्रतत्र रहिरहेका पनि हुन सक्छन् । त्यो नाभीको सुवासलाई आम पारखीसामु बाँड्ने र चिनाउने शुभ यात्राको घडा हामीले यसै ब्लगसाथै स्थापना गरिसक्यौँ । हामी त्यो उज्यालो पाइलाको टेकाइलाई सदा स्वागत गरिरहनेछौँ । तपाईँलाई आमन्त्रण !
यो थलो शङ्करलाई साक्षी राख्दै तपाईँ-हामी सबैले भेटघाट र विचार-विमर्श-अन्तरक्रिया गर्ने साझा अनि खुला मञ्च हुनेछ । ब्लगलाई डिजाइन, विषयप्रस्तुति, सामग्री चयन आदि कुरामा के-के गरेर राम्रो र प्रभावकारी बनाउन सकिएला ? आफूलाई लागेका विचार निर्धक्क बाँड्नुहोला । शङ्करको साथी हुन अब पनि ढिला भएको छैन ।
यो खुला मञ्चमा अब एउटै मियोमा समवेत गाँसिएर जीवनगीत गाऔँ, आफ्नो खुसीको सीमा ढाक्नेगरी ।

संयोजन - जोतारे धाइबा, काठमाडौँ, नेपाल ।
dhaibaji@gmail.com
धाईवाजी , यो सुप्रशंसनिय कर्मको म शब्दले प्रशंसा गर्नै नसकुँला । यसबाट लाभ अवश्य उठाउने छु ।
ReplyDeleteधाइबाजी,तपाईँको सत्प्रयासका लागि हार्दिक धन्यबाद! र सफलताको लागि शुभकामना!
ReplyDeleteजडितजीले भनेजस्तै यसबाट सकेजति लाभ उठाउने छु।
Ramro...
ReplyDeleteI wish my best wishes..
I l always be close by...