आफ्नो रचनात्मक कालखण्डमा विश्वसाहित्यको अध्ययनमा एकसुरले लागेका शङ्कर लामिछानेले त्यसको लाभ नेपाली साहित्य भण्डारलाई परिपुष्ट पार्नमा पनि खर्चिएका छन् । जापानी साहित्यबाट भित्र्याइएको हाइकू शैलीको कविता यस्तै विशिष्ट खजाना हो । विभिन्न अध्ययन र सैद्धान्तिक अनुसन्धानमा आधारित भएर हेर्दा, तीनपङ्क्तिय संरचनामा क्रमश: ५/७/५ को अक्षरसंरचना मात्र हाइकूको पूर्णता होइन । प्राकृतिक चोखा विम्बविधान र प्रतीकात्मक झट्कामै हाइकूले अभिव्यक्तिको असली सुर पाउँछ । त्यस्तो लघु बनोटको प्रभावोत्पादक साहित्यलाई नेपाली साहित्यमा परिचय गराएको श्रेय लामिछानेलाई प्राप्त छ । 'जापानी हाइकू कविता' शीर्षकमा उनको समीक्षात्मक लेख (वि सं २०२७ असोज, पुर्णाङ्क ११३) आगामी क्रममा विज्ञ पाठकसमक्ष अर्पण गर्ने नै छौँ ।
यसपाली शङ्करको आफ्नै हाइकू रचना यहाँ प्रस्तुत छ । साहित्यकार पारिजातको मदन पुरस्कारविजेता कृति 'शिरीषको फूल' (२०२२) मा अभिलेखित शिरीष फूलबारेकै हाइकू (तल दोस्रो क्रममा) कसले लेखेको भन्नेमा त्यसो त विद्वान्हरूबीच प्रशस्त मतभेद रहेको पाइन्छ । बेनामी रूपमा पारिजातको कृतिमा पूरै एक पृष्ठ ओगटेर कसको हाइकू राखियो, आलोचकहरूले खुट्याउन नसकेको विषय हो । पारिजातको उपन्यास भएकोले नामबेगरको उक्त रचना पारिजातकै हो भन्नेहरू पनि छन् । अरू कसैको रचना भएको भए त्यसमा कुनै नाम, सङ्केत रहेको हुनुपर्ने उनीहरूको तर्क छ ।
तर उपन्यासमा भूमिका लेखक शङ्कर लामिछाने भएको र विश्वसाहित्यको एक हाँगामा रहेको हाइकू कविताको अध्ययन-मनन गर्नमा त्यो समयमा उनी नै लागेकाले उक्त पङ्क्तिहरू शङ्करकै हुन् भन्नेमा अधिकांश अन्वेषकहरूको ठम्याइ पाइन्छ । अहिलेसम्म यसबाहेकको स्पस्ट र बलियो प्रमाण नपाएकाले हामीले पनि यसैलाई सही मान्दै शङ्करको नाममा उक्त हाइकूलाई समेटेर ल्याएका छौँ । पहिलो हाइकू भने वि सं २०१९ सालको रूप-रेखा पत्रिकाबाट लिइएको हो ।
१.
माकुरा जाल
झोल्लिएको ओसले
तन्किँदै गयो ।
२.
शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ ।

------------------------------------------------------------------------------------
धन्यबाद! धेरै नयाँ जानकारीहरुका लागि। हाइकू पनि पहिलो चाहीं पहिलोचोटि पढ्दैछु।
ReplyDelete'शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ।'
यो लामिछानेज्यूकै हुनुपर्छ।
haina haina yo ta parijat kai hunu parne ho
ReplyDelete