Friday, June 6, 2014

महामुद्रा

जभन्दा २००० वर्षअगाडि अनकन्टार, हिमालयको एक कन्दरामा भिक्षु बसेका छन्। उनका सामु दश–पन्ध्र जना चेला–भिक्षुहरु दत्तचित्त भएर गुरुले बताएको धर्म उपदेश ग्रहण गरिरहेछन्। पीतवर्ण लुगा लगाएका भिक्षुहरु, हिमालयबाट बिदा हुन लागेको सुनौला प्रकाशमा अरु देदिप्यमान बनिरहेछन्। उनका अनुहारमा कौतुहल, जिज्ञासा र कथाको अनौठो प्रकृतिबाट अल्मलिएकोपन पनि प्रष्ट थाहा हुन्छ। 
 
ताडपत्रमा लेखिएको त्यो तान्त्रिक कथा सन्ध्या–भाषामा लेखिएको थियो। अनङ्गवज्रद्वारा रचित ‘प्रज्ञोप’यबिनिश्रयसिद्धि’को त्यस अंशमा अनौठोसँग यी वाक्य परेका थिए– ‘महामुद्राको अनुभव ग्रहण गर्नलाई प्रत्येक साधकले सर्वनारीको भोग गर्नै पर्दछ।’
 
भिक्षुहरुको अनुहारमा बढी कौतुहल र बढी जिज्ञासा देखिन्छ। कसै–कसैको अनुहारमा वितृष्णा पनि झल्कियो।
 
गुरुले आँखा चिम्लेर भने– ‘म अर्को अंश सुनाउँछ । तिमीहरू यी दुवै अंशको आत्ममनन भोलिको सूर्यास्तसम्म गर र अनि आफूले बुझ्न सकेको कुरा व्यक्त गर्नू।’
 
केही पत्र गुरुले पल्टाए। उनका अभ्यस्त हातले दृष्टिको साथ दियो। एकछिन ताडपत्रमा दृष्टि उनका दौडे, आँखा चिम्लेर अनि उनले भन्न थाले– ‘तत्वयोग प्राप्त गर्ने सबभन्दा सहज उपाय साधकका लागि एउटै छ– आफ्नो जन्म दिने माता, आफ्नै बहिनी, आफ्नै छोरी र आफ्नै भान्जीसँग उसले यौन सम्बन्ध गर्नु पर्दछ।’
 
गुरु अनि चुप लागे। अर्धमुदित नयनमा गुरुको ध्यान क्षितिजमा बिलायो। उनी समाधिमग्न भएको चाल चेलाहरुले पाए। निःशब्द ती उठे र दिनचर्यामा लागे।
 
‘प्रज्ञोपायबिनिअयसिद्धि’बाट लिइएका यी दुईःअंशको सोझो अर्थ साह्रै घिनलाग्दो छ।
 
यहाँनिर एउटा कुरा बताइदिनु अत्यावश्यक होला। तन्त्रविद्या अनाडीको हातमा परेर दुरुपयोग होला भन्ने डरले नै हाम्रा बौद्ध ऋषिहरूले आफ्ना रचनामा सन्ध्याभाषाको प्रयोग गरेका हुन्। जो सच्चा शिष्य हो उसलाई उनीहरु कथामा प्रयोग गरिएका प्रतीकात्मक शब्दहरुको सच्चा अर्थ बताइदिन्थे। त्यो अर्थ बुझ्न वा जान्न शिष्यहरुको चरित्रको ठूलो र कठिन परीक्षा लिइन्थ्यो। जो ती परीक्षामा उत्तीर्ण हुन्थे उनैलाई मन्त्रस्वरुप सुटुक्क ती कथाको मर्म बुझाइन्थ्यो। तिनै कारणले गर्दा तन्त्रविद्याको जानकारी कम मानिसहरुमा सीमित हुँदै गयो र अर्धशिक्षितहरुको बढ्दो जमातमा सन्ध्या भाषामा रचिएका कथाहरुको विलक्षणताको चर्चामात्र बढ्दै गयो। माथिका कथाको परिभाषा छोटकरीमा यसरी गरेको हुन्छ– ‘तत्वयोग प्राप्त गर्ने सबभन्दा सहज उपाय साधकको लागि एउटै छ– आफ्ना आन्तरिक नारीतत्व, लोभ, मोह, स्नेह, प्रेम, अहं इत्यादि तत्वहरु जो मानिसभित्रै अवस्थित हुन्छन् र जसलाई मानिसले आमा, बहिनी, छोरा र भान्जी जतिकै अपनत्व प्रदान गरेको हुन्छ, ती तत्वलाई आफ्ना पुरुषतत्वसँग समन्वय नगरी उसले आफ्नो
साधना प्राप्त गर्न सक्तैन।’
 
यस्तै प्रकारले धम्मपदको २९४ को पदमा यस्तो उल्लेख गरिएको छ– ‘आफ्ना मातापिता दुई क्षत्रीराजाहरुलाई मारेर र तिनको राज्यका प्रत्येक नागरिकहरु स्वाहा गरेर मात्र ब्राम्हण अधर्मबाट स्वतन्त्र हुन्छ।’ यहाँ ‘माता र पिता’ को अर्थ हुन्छ अहंभाव र तृष्णा (पालीः अस्मिमाण र तन्हा), र ‘दुई राजाहरु’ को अर्थ हुन्छ सहारको भ्रमपूर्ण दृष्टि वा अनन्त जीवनको आकांक्षा (पालीः उच्छेद वा सस्सत दित्थी) अनि ‘राज्यका प्रत्येक नागरिक’को अर्थ हुन्छ, चेतनाका बाह्र क्षेत्रहरु (द्धादशायतनानि), अनि ‘ब्राम्हणको’ अर्थ हुन्छ भिक्षु।
 
अब हामी विचार गरौं कसरी सच्चा अर्थको अभावमा अर्थको अनर्थ हुँदो रहेछन्। यसै कसौटीमा हामी बुद्धको महामुद्राको चर्चा गरौं। ध्यानमग्न मुद्रामा पद्मासनमा बुद्ध बसेका छन्, उनको काखमा उनैतिर मुखाभिमुख भई खुट्टा र हातले अंकमाल गरी एक नारीमूर्ति यौन आसनमा बसेकी छन्। प्रायशः उनको देब्रे हातमा वज्र, र दाहिनेमा घंटा हुन्छ वा उनको हातको मुद्रा धर्म–चक्र–प्रवर्तन हुन्छ। उनी टाउको उठाएर बुद्धको चुम्बन गर्ने प्रयास दर्शाइरहेकी हुन्छिन्। बुद्ध भने अर्धमुदित नयनमा निर्लिप्त एवं शान्त हुन्छन् । यो सम्पूर्ण मुद्रा वज्रयान सम्प्रदायको एक तान्त्रिक सांकेतिक अभिव्यक्ति हो। 
 
यसलाई बुझ्न अब अलिकति वज्रयान सम्प्रदायको विकासको चर्चा गरौँ। 
 
बुद्धको महापरिनिर्वाण भएको झण्डै २०० वर्ष हुँदा नहुँदै नालन्दामा बसेका बौद्ध भिक्षुहरुले धर्मप्रचारको साधन कसरी अपनाउने हो त्यो निर्णय एकमत भई गर्न सकेनन्। फलस्वरुप उनको दुई प्रमुख विभाजन भए–हिनायान तथा महायान। महायान दलले उत्तरी भारत, बंगाल तथा कलिगमा आफ्नो आधिपत्य फैलायो। यही महायानमत नेपालको बाटो तिब्बतमा पुग्यो। धेरै जनाको मत छ– भोटमा त्यसबेलाको प्रचलित भूतप्रेत सम्बन्धी प्राचीन धर्मलाई पन्छाएर आफ्नो मत प्रचार गर्ने हेतुले नै महायान सम्प्रदायले वज्रयान अन्तर्गत अनेक देवी–देवताको निर्माण गरी, योगका साधनाबाट साना–तिना लौकिक चमत्कार देखाई जनसाधारणलाई यस धर्मप्रति आकर्षित गरेका हुन्। उनीहरुको मत अनुसार यसका तान्त्रिक पक्षमा शिवशक्तिपूजकहरुको शक्तिसाधनाको प्रतिबिम्ब झल्किएको छ। तथापि, बौद्धधमी विद्वान्हरूको मत अनुसार बाहिरी रुपमा धेरै समानता देखिए पनि दार्शनिक पक्षमा दुवैमा आकाशजिमिनको अन्तर छ। शिवमतावलम्बी शक्तिलाई नै श्रृजनको स्रोत भनेर महादेव शिवको नारीरुप मान्दछन् र त्यसैरुपमा महादेवी पार्वतिको शक्तिरुपलाई कालीका विभिन्न अवतारमा पूजा गर्दछन्। ‘कुलचुडामणितन्त्र’मा यस्तो उल्लेख गरिएको छ– ‘शिव र शक्तिको संयोगबाटै श्रृष्टिको रचना भयो।’ यसको सबभन्दा प्रष्ट र सांकेतिक स्वरुप शिवलिङ्गी हो।’ विद्वान् पाठकहरुले ध्यानपूर्वक विचार गरेकै होलान्, प्रजननको स्पष्ट प्रतीक हुन्छ ‘शिव लिङ्ग’।
 
बौद्धमार्गीहरु शक्तिलाई मायाको स्वरुप मान्दछन् र उनीहरुको धारणा छ, प्रज्ञाबाट नै यस मायाजालबाट उन्मुक्ति प्राप्त हुन्छ। यस अर्थमा बुद्धमार्गीले शक्ति प्राप्त गर्ने, वा विश्वको शक्तिसँग स्वयम्लाई आत्मसात गरी कि त स्वयम् शक्तिवान् हुने कि त शक्तिको पूजक हुने कल्पना कहिले पनि गर्दैन। स्वयम्लाई ती शक्तिबाट निर्बन्ध पार्न चाहन्छ, र उसको दृष्टिमा अनन्तकाल देखन् आफूलाई जकडी रहने तथा संसारको कैदीको रुपमा राखिरहने वस्तु यही शक्ति हो भन्ने सोच्दछ। यसे निमित्त ती शक्तिहरुबाट छुटकारा लिन ती शक्तिको परिचय पाउन चाहन्छ। परिचय प्राप्त गर्ने हेतु उसको एउटै छ, उसको इच्छा ती शक्तिहरुलाई नास गर्नु होइन, बरु तिनको गति उल्टो दिशामा प्रर्वाहित गरिदिएर तिनैका माध्यमबाट स्वयम्लाई आदि–अनादि, परिपूर्णता तथा शून्यतामा विलयन गरिदिन। 
 
यदि प्रज्ञालाई हामी स्वयम् भित्र रहेको नारी पक्ष मानौँ, यसैबाट सबै वस्तु जन्मिए र यसैमा सबै वस्तुको इति हुन्छ, तब हामी भित्र रहेको विश्व–प्रेम तथा करुणस्वरुपको पुरुष–तत्व (भनौँ उपाय)लाई समन्वय गर्न सके हामीलाई प्रज्ञा तथा शून्यताको बोध हुन जाने छ। र यसै बोधद्वारा बुद्धत्व प्राप्त हुुनेछ।
 
त्यसैकारण बुद्धत्व प्राप्तिको प्रकरणलाई सबैले छर्लंग बुझ्ने तथा मानवीय एवं प्रेमको चरमोत्कर्षी रुप, जसमा ‘उपाय’ लाई पुरुष तथा ‘प्रज्ञा’ लाई नारी रुप प्रदान गरिएको छ। बौद्धधर्मको व्याख्या अनुसार प्रबुद्ध प्रज्ञासँग एक बनेको छ उसै प्रकारले जसरी पति आफ्नो पत्नीसँग प्रेमको अंकमालमा महासुख पाइरहेको हुन्छ। 
 
बुद्धको महामुद्राको यो रुप हिमालयको देन हो। यस्ता प्रतिमाहरू कि त तिब्बतमा बन्छन् कि त नेपालमा बन्छन्। तिब्बतमा अहिले यो कलाको के अवस्था छ त्यसको राम्रो जानकारी हामीलाई छैन। तथापि तिब्बतको नयाँ राजनैतिक परिवर्तनबाट निश्चय नै यस धर्म र कलाले नयाँ मोड लियो होला। यदि त्यसो हो भने यो कला अब नेपालमा मात्र अवस्थित छ र, एक प्रकारले हामी गर्व गर्न सक्छौँ यसले हाम्रो मात्र संरक्षणता पाएको छ। 
 
(प्रस्तुत निबन्ध बिएन पुस्तक संसार प्रालिको प्रकाशन र दीपक सापकोटाले सम्पादन गरेको साहित्यिक पत्रिका पाण्डुलिपि’को जेठ अङ्कबाट साभार गरिएको हो । यो निबन्ध २०२३ सालमा नेपाल ललितकला संस्थानको वार्षिक मुखपत्रमा प्रकाशित भएको थियो, जुन लामिछानेका कुनै पनि सङ्ग्रहमा समाविष्ट छैन ।)

5 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. नमस्ते म विलियम सारा हुँ
    के म बंधक / ऋण रद्द गर्दछु? मलाई ऋण चाहिन्छ? के मलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाईं आफ्नो ऋण तिर्न को लागि तत्काल क्रेडिट को आवश्यकता छ, वा तपाईं आफ्नो व्यापार को सुधार गर्न को लागि मुद्रा चाहते हो? हामी सबै प्रकारका ऋणहरू र ब्याज दर 2% र व्यक्तिहरूको लागि सर्तहरू र सर्तहरूसँग एक कम्पनी प्रस्ताव गर्दछौं। यदि तपाइँ कुनै गन्तव्यमा कुनै क्रेडिट दिनुहुन्छ भने कृपया आज तपाईंको क्रेडिट प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (williamssarahloanfirm@gmail.com)

    ReplyDelete
  3. नमस्कार, म Dorcas Alvaro हुँ, म वर्तमानमा मागागा स्पेनमा बस्छु। यस समयमा म चार छोराछोरीसित विधवा हुँ र म मई 2018 मा वित्तीय स्थितिमा फंसिएको थिएँ र मेरो बिल फिर्ता गर्न र मेरो बिल तिर्न आवश्यक छ। मैले निजी र कर्पोरेट दुवै धेरै ऋण कम्पनीहरु देखि ऋण खोजे कोसिस गरे, तर सफलतापूर्वक कभी नहीं, र धेरै बैंकहरु लाई मेरो क्रेडिट मा गिरावट आई। तर परमेश्वरले यो चाहानु भएको छ, म एक मानिस को भगवान, एक निजी ऋणदाता कि मलाई मलाई 80,000 EUR को ऋण दिईयो को परिचय दिइएको थियो र आज म एक व्यवसाय को मालिक हो र मेरो बच्चाहरु यस समयमा ठीक छ, यदि तपाईं संग कुनै संपर्क एक असुरक्षित ऋण, कुनै क्रेडिट चेक, केवल 2% ब्याज दर र बेहतर भुक्तान योजना र अनुसूची संग कुनै हस्ताक्षरकर्ता को संदर्भ मा, श्री सिमोन फिन (simonfinnloan.inc@gmail.com) संग संपर्क गर्नुहोस। त्यो थाहा छैन कि म यो गर्दैछु, तर म अहिले धेरै खुसी छु र मैले निर्णय गरे कि मान्छे उनको बारेमा धेरै जान्न चाहन्छु र म पनि परमेश्वरलाई उहाँको आशीर्वाद दिन चाहन्छु। तपाईले उनीहरूलाई आफ्नो इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ: SIMONFINNLOAN.INC@GMAIL.COM

    ReplyDelete



  4. Hi everyone. I saw comments from people who already got their loan from challot and then I decided to apply under their recommendations and just few hours ago I confirmed in my own personal bank account a total amount of $30,000 which I requested for. This is really a great news and I am advising everyone who needs real loan to apply through their email (challotloan@gmail.com) I am happy now that i have gotten the loan I requested

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---