निष्प्राण भएर लडेको मान्छेलाई कठै बिचरा भन्ने गर्छौँ । त्यसैले असी वर्ष पार गरेका मान्छे बित्दा पनि हामी त्यसलाई सहज मान्दैनौँ र उसको मृत्युलाई असामयिकताको संज्ञा दिन्छौँ । यति मात्र होइन, शरीरबाट अलग भएर उडी जाने अमर आत्मालाई पनि हामी मृत नै घोषित गरिदिन्छौँ । आजकाल सजिलो पनि भएको छ- को मरे भन्ने थाहा पाउन अखबार हेरे पुग्छ । विशेषगरी बूढाहरू (यसले विपरीतलिङ्गीलाई पनि जनाउँछ) लाई आफ्ना साथीभाइको जानकारी राख्न अखबार सहयोगी भएको छ । समवेदना छपाउने फेसन खुब चलेकोले घाटमा पत्रिकावालाले विज्ञापन प्रतिनिधि राख्नुपर्ने दिन पनि छिट्टै आउन सक्छ !
हुन त मृत्यु बूढो भएपछि मात्र आउने होइन । न यो फोटोग्राफर नै हो जसले आफ्नो उपस्थिति अर्थात् फोटो खिच्ने बेला भएको जनाउ दिन्छ । मृत्यु त थाहा नै नदिई लुसुक्क आएर खुसुक्क जाने चिज हो । तर पनि केही अपवादलाई छाडेर साधारणतया मान्छेको मृत्यु युवा अवस्थामा हुँदैन । खानपिन र आहारविहारमा आएको परिवर्तन, रोगप्रतिको चनाखोपनले मान्छेको औंसत आयु क्रमशः बढिरहेको पाइन्छ । सयौँ वर्ष, अझ त्योभन्दा बढी बाँच्ने मान्छे पनि छन् । यसरी लामो समयसम्म बाँच्ने मान्छे सबै स्वस्थ-निरोगी भएरै बाँच्छन् भन्ने छैन । कति दीर्घरोगी भएर बसेका छन् । कतिपय मान्छे आफ्नै अकर्मण्यता, हठ, लत जस्ता कारणले बुढेसकालमा रोगी भएका छन् । नियममा बस्ने बूढाहरू तन्दुरुस्त मात्र होइन नब्बे वर्ष नाघ्दा पनि कमाउन सक्रिय छन् ।
अहिलेको समय पहिलेको जस्तो संयुक्त परिवारको छैन । त्यतिमात्र होइन आजकाल विशेषगरी सहरका मान्छेमा बच्चा कम पाउने र छोरा र छोरीमा भेद नगर्ने चलन पनि आइसक्यो । धेरैजसो परिवारमा त अबको केही वर्षमा बाबु, आमा र एउटा बच्चा गरी तीन जनाभन्दा बढी मानिस नै हुँदैन । कुनैकुनै सासूहरूले एउटामात्र बच्चा पाएमा कागजस्तो एकवेते (कागवेते) हुन्छ भनी दबाव दिएको कारणले दुइटा पाउनेबाहेक धेरै बुहारीहरू दुइटा बच्चा पाउन राजी छैनन् । यसको कारण हो- थप आर्थिक भारबाट मुक्ति र कमाउन जान पाउने बाटो खुला । फेरि मान्छेले अब के बुझ्न थाले भने छोराछोरीले बुढेसकालमा सहयोग गर्छन् भनेर सोच्नु बेकार हो । किनभने उमेर पुगेपछि कसैले पनि सन्तानलाई न बन्धनमा राख्न मिल्छ, न उनको वृत्तिविकासको लागि संसार चहार्न जान रोक्न मिल्छ ।
छोराछोरीको पढाइ पूरा भएपछि उनीहरू बाबु आमासँग बस्छन् र बुढेसकालको सहारा बन्छन् भन्ने कुरा अबको सामाजिक परिवेशमा सम्भव हुँदैन । यस्तो इच्छा राख्नु पारिवारिक द्वन्द्व सिर्जना गर्नु मात्र हो । द्वन्दले झन् वैमनष्यता बढाउँछ र रिक्तता तथा तिक्तता मात्र बढ्छ । जान्नेले बीचमा जोडिएको नाता बीचमा नै बिलाउँछ भनी सहज रूपमा लिनुपर्छ । नाता भनेको हाम्रो दाँत जस्तै हो, जो पछि आएर पहिले नै फुक्लन्छ । परिस्थितिलाई यस प्रकारले ग्रहण गरेमा मात्र अवकाशप्राप्त जीवन हाँसीखुसी रचनात्मक कार्य गरेर बिताउन सकिन्छ । होइन भने डिप्रेस हुने सम्भावना बढी रहन्छ ।
आजकाल हामी देखिरहेका छौँ- पाँच/छ वर्षका बालकहरू पनि आमा-बाबुसँग छुट्टिएर आवासीय विद्यालयमा बसेका छन् । वास्तवमा भन्ने हो भने अरु कुराको अतिरिक्त बाबु आमाको व्यस्तताको कारण पनि यसो हुन गएको हो । अबका केही वर्षमा यस्तै विद्यार्थीहरूको जमात प्रसस्त पाइनेछ । यस्ता विद्यार्थी जवान भएर आफ्नो खुट्टामा उभिने भएपछि यिनका बाबु-आमा बूढो हुँदै जानु सेवाबाट अवकाश हुनु असहज नभई सामान्य कुरा नै हो । यस्ता बाबुआमाको चाहना छोरा आफूसँगै बसिदेओस्, हेरविचार गरिदेओस् भन्ने हुनु नौलो कुरा होइन । तर त्यो सोच राख्दा आफूले अभिभावन नगरेर आफ्नो छोरालाई कलिलै उमेरमा आवासीय विद्यार्थी बनाएर एकलकाँटे बनाएको कुरा बिर्सनु हुँदैन । अब यस्ता एकलकाँटे कामकाजी र आफ्नो वृत्तिविकासको लागि देशदेशावर गर्नुपर्ने छोरा आमा-बाबुसँग बस्ने भन्ने कुरा एकादेशको कुरा भइसक्यो । हो यस्ता छोराले आमा बाबुलाई आफ्नी श्रीमती सुत्केरी हुँदा केही महिना बच्चा हुर्काउन सम्म सहयोग लिन माया देखाउने हुन् । आजकाल त त्यो माया पनि आमा भन्दा सासु मनपराउने परम्परामा बदलिइसकेको छ ।
माथिका कथनहरूलाई बियाँलो नगरेर गम खाने हो भने अब यूरोप-अमेरिकामा जस्तो हाम्रो एशियामा पनि बूढोको जीवन सहज एवम् सरल छैन भन्ने बुझ्नुपर्छ । पहिलेजस्तो नोकर चाकर राख्ने, राख्न सक्ने अनि तिनलाई विश्वास गर्न सक्ने स्थिति पनि अहिले छैन । आफू टाठै भए त बुढाहरू बिजुली, पानी, टेलिफोनको महसूल आफैँ बुझाउन जालान् । तरकारी, रासन आफैँ किनेर ल्याउलान् । आफैँ पकाएर खालान् । भाँडा माझ्लान् । होइन असक्त रहेछन् भने त उपचार गर्न कसले लगिदिने ! हात समातेर कसले पुर्याइदिने ! तातो पानी तताएर कसले खान दिने ! भन्ने समस्या आइलाग्छ । अनि त बत्तीको लाइन काटिएर अँध्यारैमा बस्नु पर्ने स्थिति पनि आउन सक्छ । यति मात्र होइन एक्लै बस्नुपर्दा एक्लोपनले झन गालेको हुन्छ । आफू फूर्तिलो भएको बेला धेरैलाई चिढाएको पनि हुन्छ जसले गर्दा चिढिएकाहरू खुलेर सहयोगी हुन पनि सक्दैनन् किनभने उनीहरूलाई कसैले लालची भनिदिन पनि सक्छ ।
शारीरिक अवस्था क्षीण भएको बेला एककिलो आलु त भारी हुन्छ भने त्यो पन्ध्र किलोको ग्याँसको सिलिण्डरलाई कसरी यताउता गर्ने ? वास्तवमा बुढाका अनगिन्ति समस्याहरू छन् । अझ उमेरमा कुनै समस्या नझेलेर ढलेको लोटा नउठाएकाहरूलाई त आफ्नै शरीर बोझ भएको महसुस हुनेछ । मरुँ भने काल आउँदैन बाँच्दा पैसा भएर पनि मुखमा माड हाल्न सकिएन भनेर विगत सम्झेर पछुतो गर्दैमा केही हुने पनि होइन । बूढोको जीवन यसरी विरक्तिनु भनेको वर्डफ्लुभन्दा पनि खतरा हुन्छ । यसलाई त 'फिस फ्लु'सँग तुलना गरिदिए हुन्छ । बच्चाहरू रवरको चुङ्गीमा रमाएजस्तै नेता भनाउँदाहरू राजनीतिको चुङ्गी खेल्नमा नै मस्त छन् । युवा तन्नेरीहरूको कल्याण गर्न नसकेको देशले बूढाको कल्याण गर्ला भनी सोच्नु पनि अहिलेको परिप्रेक्ष्यमा सान्दर्भिक देखिँदैन । यो परिस्थितिमा बूढाहरूले आफूमाथि आइपर्नसक्ने कुनै पनि समस्याको पूर्वानुमान गरेर तत्काल कदम चाल्न बाध्य भइसकेको छ ।
अवकाशप्राप्त बूढाहरूमध्ये आफूलाई शारीरिकरूपमा स्वस्थ ठान्नेहरू भने विहान विहान घुम्ने गरेका भेटिन्छन् र बाटामा समवयष्क साथीहरू भेट्दा भनेजस्तो नहुने रहेछ, हुँदै नहुने रहेछ भनी भलाकुसारी गरेको पनि सुनिन्छ । केही टाठाहरू काम पनि गरिरहेका छन् । सबैलाई एउटै अवसर नमिल्ने हुँदा धेरैजसो बुढाहरूको हविगत राम्रो छैन । कतिपयका छोरा विदेशमा अथवा जिल्लामा छन् । एउटै घरमा हुनेहरू पनि आम्दानीमा एकरूपता नहुनाले छुट्टिएर अलग्ग बसेका छन् । सँगै बस्नेको पनि छोरा बुहारी काममा, नातिनातिना पढ्न जान्छन् । अनि बुढो एक्लोको एक्लै । विधवा अथवा विधुरको समस्या अझ जटिल छ । बार्दलीमा एउटा मेच राखेर दिनभरि ट्वाल्ल परेर काल कुरिरहनु अर्थात् अर्को अर्थमा डिप्रेस भई अरु उपाय शून्य हुन जाने स्थिति छ । जसले छिमेकी एवम् नातागोताका मान्छेलाई गरिपुर्याउनु कि हेरिछाड्नुको अन्यौल उत्पन्न गराइरहेको छ । यो गम्भीर यथार्थलाई त्यति सारो सबैले महसुस गरिनसके पनि धान्नै नसक्ने गरी एकैचोटि यो समस्याले विकराल रूप लिने स्थिति देखापरिसकेको छ ।
सर्सर्ती हेर्दा माथिका समस्या सामुहिक नभएर व्यक्तिगत हुन् । तर पनि यसलाई सामाजिक समस्या होइन भनेर टार्न मिल्ने अवस्था भने छँदैछैन । उमेरमा सबैले भोलिको ख्याल नगरी मार्वल छापेर घर बनाएका छन् । आफू भुइँ तलामा नबसी चार तलामाथि बस्ने बानी गरेका छन् । आज अर्काको बच्चालाई पढाइदिएजस्तो गरी नोकरचाकर बनाएर राखेका छन् । आफूले केही नगरी सबै काम अरुलाई लगाएर जीउ साँचेका छन् । तर बुढेसकालमा मार्वल छापेको घरमा बस्न र चार तला भर्याङबाट ओहरदोहर गर्न के सम्भव होला ? काम गर्ने मान्छे नै पाइए पनि ति महँगा हुन्छन् । केही अपवादलाई छाडेर सबैले राख्न सक्दैनन् । उमेरमा साँचेकोले जीउ चल्दैन । अनि परेन त फसाद । नानीदेखि लागेको बानी जाँदैन भन्ने हामी सबैलाई थाहा छँदैछ । उमेरमा आफैँले एक कप चिया पकाएर नखाएको मान्छे बूढो भएपछि एक्लै पर्यो भने त्यस्ताले आफ्नो लागि एक गिलास तातो पानी कसरी जुटाउला भन्ने जस्ता समस्या धेरै छन् । त्यसैले अबका दिनमा पनि केही नसोच्ने हो भने आगामी दिनमा बूढोको जीवन झनै कष्टकर हुने छर्लङ्ग छ ।
हुन त हामी पशुपतिक्षेत्रको वृद्धाश्रम मात्र बुझेका मान्छेहरूलाई वृद्धाश्रममा बस्न जाने भन्दा अपच पनि हुन सक्छ । तर यथार्थमा माथि भनिएका बूढाले बेलैमा अलि भिन्न प्रकारको वृद्धाश्रमको बाटो रोज्नैपर्छ । अरु उपाय छँदैछैन । पशुपतिक्षेत्रमा अवस्थित सरकारले चलाएको वृद्धाश्रममा गरीब, दुःखी तथा अपहेलितलाई आश्रय दिएर पालिएको छ । त्यसैले त्यहाँ समाजका सबै क्षेत्रका मान्छे सेवा गर्न जान्छन् । एक किसिमले अर्को भाषामा त्यो हण्डीबराबर हो । गरीब असहायको लागि त्यो आवश्यक छ ।
यहाँ उठाउन खोजिएको प्रसङ्ग आर्थिकरूपले असहायको होइन । पैसा भएर पनि शारीरिक अस्वस्थताले गर्दा आफ्नो हेरविचार आफैँ गर्न नसक्ने एवं परिवारमा कोही नभएर एक्लै बस्नुपर्ने स्थितिमा परेका बूढो मान्छेको हो । जो सँग आफ्नो गुजारा चलाउने पैसा छ तर व्यवहार चलाइदिने सहयोगी छैन त्यस्ताले अब आफ्ना छोरा-छोरीको घर रूँगेर दिनभर बार्दलीमा टवाल्लपरेर बस्नुभन्दा सबै कुराको सुविधा भएको एउटै घरमा समवयस्कसँग बस्नु बुद्धिमानी हुन्छ । त्यसो हुन सकेमा छोराछोरीको पनि आङ हलुको भई उनीहरू पनि निर्धक्कपूर्वक आफ्नो धन्दा गर्न पाउँछन् । तर यस्तो आश्रमको जीवन तालिकावद्धरूपमा हातेमालो गर्दै सञ्चालन गर्ने खालको हुनुपर्छ । त्यहाँ आ-आफ्नो एउटा कोठामा बस्ने । सामुहिक भान्सामा खाने । तालिकाअनुसार प्रार्थना, पूजा, ध्यान, योग, भजन, कीतर्न गर्ने, प्रवचन सुन्ने, आत्मानुभव सुनाउने, विद्यार्थीहरूको लागि प्रेरणाको स्रोत, अध्ययनको पुस्तक बनिदिने । संस्मरण लेख्ने । बगैँचामा डुल्ने । झर्नासँग मोहित हुने । चराचुरुङ्गीसँग जिस्किने । उफ्रिने । गाउने आदि वातावरण होस् ।
अस्वस्थ भएमा उपचारको लागि बन्दोवस्त मिलाउन कर्मचारी एवम् स्वयंसेवी परिचालित भई यी सबको लागि बूढालाई केही गर्न नपरोस् तर आफ्नो लागि पर्न आउने न्यूनतम खर्च आफ्नै हातले आश्रमलाई बुझाउन पाउँदा उनीहरूको मनमा खुसी जागोस् । अनि मात्र बूढाको जीवन बूढो भएकोमा सार्थक हुन पाउँछ । होइन भने 'बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि' भन्दै मोहपासमा डुबेर काल कुरिरह्यो । कहिले छोरालाई सराप्यो कहिले बुहारीलाई सराप्यो । कुरा काटयो । तुरुक्क आँसु चुहायो । सानो छँदा छोरालाई काँधमा बोकेको सम्झ्यो । त्यसो गर्दा उसले मुतिदिएकोमा हाँसेर दङ्ग परेको संझ्यो । आफू छोराको घोडा भएको संझ्यो । अहिले त्यसैले स्वास्नीको पछि लागेर टेरेन भनेर खुइय गरेर आफ्नो जीवनलाई धिक्कार्यो । यसैमा जिन्दगी वित्छ । वास्तवमा बुझ्ने हो भने त छोराछोरी भनेको त हाम्रा मालिक हुन्, हामी त तिनको सेवक हौँ र तिनीहरू नै हाम्रा भोलिका बाबु हुन् । मानव चोलाको चक्रले त यसै भन्छ । उनीहरूलाई योग्य बनाइदिएपछि हाम्रो दायित्व सकिन्छ । तर पैसा खर्च गर्न सक्नेले पनि उनीहरूको वृत्तिविकास रोकेर आफैँसग बस्नुपर्छ भनी उनीहरूलाई बाध्य पार्नु भनेको आत्मकेन्द्रित प्रवृत्ति हो । यस्तो प्रवृत्तिले एक आपसलाई झन् टाढा पुर्याउँछ र दुवै पक्ष आपसमा खुल्न नसकेर एउटै घरमा सँगै बसेर पनि उकुसमुकुस भएको भान हुन्छ । छटपटाएर औडाहा भएर बोलचाल नगरेर बूढो बाबु र तन्नेरी छोरा एउटै घरमा बस्नुभन्दा बाबुले आफ्नो सुविधा रोज्नु र छोरालाई स्वतन्त्र छाडिदिएर असल मान्छे बन्ने सुझाव दिनु नै पैसाले सक्ने बाबुको धर्म हो ।
यसैले पेन्सन खाने गरेका र पचास नाघेकाहरूले समयमा नै बूढेसकालको साथी "बूढो घर" बनाउने अभियान चलाएमा उनीहरूको हैसियत पनि बिसे नगर्चीको जस्तो हुन कत्ति बेर लाग्दैन ।
रचनाकाल- फाल्गुन १, ०६२

------------------------------------------------------------------------------------
dherai raamro laagyo yo lekh..sahi kura byakta garnubhayeko chha lekhak le. yes bisayama chaadai nai abhiyaan suru po garne ho ki?
ReplyDelete