Thursday, May 6, 2010

शङ्कर हाइकुका गर्विला क्षण

लामो अन्तरालपछि ब्लगको बन्द दैलो उघार्ने क्रममा यसपाली हाइकु र त्यसमा शङ्कर लामिछानेको सहभागिताबारे लेखक प्रकाश सायमीले लेखेको ‘शङ्कर हाइकुका गर्विला क्षण’ शीर्षकको एउटा समीक्षात्मक लेख ल्याएका छौँ । खास गरी हाइकु विधाको जन्म, परिचय र विस्तारबारे बखान्नमा धेर खर्चिएको यस लेखमा शङ्करले नेपाली साहित्यमा हाइकुलाई प्रवेश गराएको प्रसङ्गसहितको भागले आंशिक स्थान ओगटेको छ । सायमीले शङ्करका कृतिहरूलाई पुन: नेपाली पाठकहरूमा परिचित गराउने क्रममा भावक अभियान नेपाल संस्थाको स्थापना र त्यससँगै शङ्कर-साहित्यको व्यापकतालाई धुरीमा पुर्‍याउन शङ्कर लामिछाने निबन्ध कोषको स्थापनामा विशेष योगदान गरेको स्तुत्य छ ।
------------------------------------------------------------------------------------- 
जापानका धेरै शास्त्रीय कलाहरू छन्, जसले विश्‍व समुदायलाई आकर्षित गरेको छ र त्यही अनुरूप ती कला विPsayami2श्‍वजनीत भएर गएका छन् । त्यस्ता धेरै कलाहरूले पश्‍चिमी जगत्‌मा आभ्यासिक कर्म र प्राज्ञिक चिन्तनको थाट बनाएका छन् जबकि ती कलाहरू जापानी समान र त्यसको इतिहासगत व्याख्यामा हेर्ने हो भने जीवनगत चरित्र नै हो । र, अभिन्न अवयव नै हो ।

बासोदेखि शिकीसम्मको शालीन परम्परामा जापानी सभ्यता र संस्कृतिमा हाइकुले धेरै विकासमान चित्र कोर्‍यो ।

हायकु, हाइकु अर्थात् हा-इकुका विभिन्न र विविध छविका परिचय छन्, पाँच-सात-पाँच अक्षरारेखमा तयार पारिने यो काव्य रचनाको
 विशिष्‍ट रचनासत्ता जापानमा अद्यावधि छ, लेख्‍ने र सुन्ने निरन्तरको इतिहास भएको हाइकु विधासित ताङ्का, वाका, उता र चोकाको पनि अदृश्य सम्बन्ध बनेको छ । Choka साहित्यिक सिद्धान्तमा यसो भनिएको छ; A Japanese verse from which comgrises lines of five and seven syllables alternating regularly and concluding with two successive seven-syllable lenes.

वाका र उता सातौँ शताब्दीदेखि नै स्थापित विधा थिए नै तर यसले हनस्थानमा मञ्च-व्यासन पाउन सकेको थिएन कदापि, यसले आशा वा अपेक्षा धेरै गरेको थियो  - पुरानै विधा भए पनि । कालान्तरमा यसको वैज्ञानिक स्वरूप परिवर्तित र परिमार्जित त भयो नै । मूलत: ‘हाइकु’ विधामा स्थानापत्ति र नियमितताको दीर्घा थिएन त्यसैले यसको ठाउँ ‘किरेजी’ ले लियो, साहित्यिक परिभाषिकामा ‘किरेजी’लाई ‘कट्-ओर्ड्‌स’ भनिन्छ जस्तो; या काना, केरी र अन्य त्यस्तै शब्दहरूको बहुलता बन्यो जसको अनुवाद सही शब्दमा अर्थमुखी हुन सक्दैन, तर त्यसले एउटा ‘फलित शक्ति’ लाई विम्बधान गरिरहेकै हुन्छ ।

हाइकुका तीन विशेषताहरू छन् -

प्रथम : छोटो लयमा छोटो कविताको रचना, यति छोटकरीमा कि जतिको लागि उद्देश्य र आदेश परिपूर्ण छ ।

दोस्रो : सन्नेट, त्रियोलेट जस्तै यस विधाले पनि आफ्ना अभिव्यक्ति नदोहोर्‍याईकन नयाँ तस्बिर दिन सक्छ ।

तेस्रो : यो साह्रै लघुवृत्तको विधा हो र यसमा व्याकरणीय परिवर्तन पनि जायज देखिन्छन्, यसको वास्तविक त्रासद् भनेको अनुवादमा देखिन्छ । 

यस हिसाबले एक उन्मुक्त विधामा यसले चरित्र बनायो र यो विश्‍वीकरणको माध्यम बन्यो । हाइकु लघुतम कविता भए पनि यसमा कन्टेन्ट वा फर्म  मात्र हुँदैनन, कन्टेन्ट र फर्म दुवै समाहित हुन्छन् । यो आफ्नो फर्म (विधा) द्वारा जे भन्न सक्छ, त्यत्तिकै हदमा वा त्यो भन्दा पनि बढी कन्टेन्ट वा कत्यद्वारा अभिव्यक्तिदायी हुने क्षमता राख्दछ । मलार्म्मेले कविताको जमिनी (जग) को इकाई शब्द नै हुन् भनेका छन्, यो कथन हाइकुलाई शतप्रतिशतवादी ठहरिन्छ – यो पूर्णकालीन सत्य हो । हाइकु शब्दकै बलमा बाँच्छ, मात्र शब्दकै बलमा । शब्दको मूल शक्ति साङ्केतिक वा उद्‌बोधनात्मक हुने गर्दछन्, त्यसैले कलपनामाति सक्दो सक्दो दबाब उत्पन्न गर्दछ । हाइकु त्यो ‘शब्द-शक्ति’ र ‘कल्पना-शक्ति’ मा यथेष्‍ट खेल्दछ – यो नै यस विधाको विशेषकीय पक्ष हो । न यो गीतसित मिल्छ र गीतात्मक छ, न यो मुक्तकसित मिल्छ र प्रबन्धात्मक छ तर यो बिनाछन्द र ताल सूत्रात्मक छ, सङ्गीतात्मक हनि ध्वन्यात्मक पनि । लामो कविताको समतुल्यमा यो अत्यन्त लघुतम विधा हो तर फर्मको हिसाबले यसमा गालिबको गजलमा गरेको बुसअत (फेलावट) को खराबी यहाँ छैन – यो यथेप्सित छ ।

संस्कृत ‘काव्यशास्त्र’मा ‘छन्द’ र ‘तुक’लाई सदैव अनिवार्य मानिँदैन, न सिद्धान्तमा – न व्यवहारमा । दसौँ शताब्दीका साहित्य-शास्त्री राजशेखरले छन्द र तुकलाई लिएर निष्‍पक्ष रूपमा ‘उक्ति-वैशिष्‍ट्य नै काव्य हो’ भनेका छन् । छन्दलाई जहिले पनि काव्यको अलङ्करण मानियो तर साहित्यशास्त्री राजशेखरको मान्यताले त्यसको दीवार र देवल भत्काइदिएकै छ । छन्दबाट कविताले मुक्ति पाएपछि उन्नाइसौँ शदीमा भर्स लिव्र (Verse libre)  को आन्दोलन शिखस्थ भयो, यही समय पाश्‍चात्य जगत्‌का एज्रा पाउन्ड, एमी लवेल, कोनराड आइकेन, विलियम इट्स, रोवर्ट फ्रस्ट र छविवादी आन्दोलनका प्रणेता टी ई ह्‌यल्मे पनि हाइकुतिर खिचिए ।

यो विधा वास्तवमा एक विचार, एक छवि र एक अनुभूतिमा एक दृश्यांशलाई रूपायित गरिने ‘एक खिँचाइ’ हो, सोह्रौँ शताब्दीमा ‘हायकु’ विधालाई प्रतिस्थापित गरिँदा यसलाई ‘होक्कू’ बनेर साहित्य सिद्धान्तमा बनिएको छ, पछि १९औँ शदीमा मात्रै यसलाई ‘हाइकु’ नामकरण गरियो । यसको उद्‌वोधित पङ्क्तिलाई रेङ्गा भनिन्छ, यस प्रवृत्तिलाई बासो र कोवायासी इसाले सही पहिचान दिए । बासो (१६४४-१६९४) को वास्तविक नाम मात्सुओ मुनेफुसा थियो भने इसा (१७६३-१८२८) को वास्तविक नाम कोवायासी नावुयुकी थियो । यी दुई जापानी कविले हाइकुको धर्म बुझेर यसलाई विश्‍वविख्यात बनाए ।

यिनकै योगदान र महत्व बुझेर निबन्धकार शङ्कर लामिछानेले यसलाई नेपाली साहित्यमा पनि भित्र्याए । निबन्धकार लामिछाने ‘घरेलु तथा शिल्पकला केन्द्र’ का प्रबन्धकका रूपमा कार्यरत छँदा नेपाली भेषभूषालाई जापानमा परिचित गराएको उद्देश्यले विक्रमाब्द २०१९ मा गरिएको जापानको भ्रमणले नेपाली साहित्यलाई, साहित्यका अन्गिन्ती पाठकलाई र तिनको भविष्यलाई एक दिग्विषय दियो, त्यो हो – हाइकु । उनले सामाजिक, राजनीतिक र आर्थिक सबै रूपले सशक्त विधालाई नेपाली पाठकका समक्ष पस्किदिए जसको परिणामस्वरूप आज नेपाल र नेपालीका निम्ति ‘हाइकु’ एक सम्मान्य विधा र वैभव बनेको छ ।

लामिछाने स्वयम् नै पाश्‍चात्य र पूर्वीय साहित्यिक सिद्धान्तका अध्येता मात्र नभई प्रयोग र परिचयका धर्मले समसामयिकी विषयसूचीलाई बुझ्ने र मनन गर्ने, स्विकार्ने र सजाउने स्रष्‍टा पनि भएकाले उनले दिएको त्यो दान वा देन, कर्म वा कारण, सोच र सीमा समकालीन चर्चा बन्न पुगेको छ । उन्नाइस सालको हाराहारीमा नेपालीय परिवेशमा आएको ‘हाइकु’ विधा ढिलोढिलो गरी फस्टायो, यसको विकासक्रम र परिवर्तनलाई यसका जनक (नेपालमा भित्र्याएको सन्दर्भमा मात्र) ले सबै पूर्ण-प्रश्रित भएको हेर्न वा देख्‍न पाएनन् ।

शङ्कर लामिछानेसम्बन्धी एउटा गतिविधि थाली र त्यसको एक वैँचारिक, भावकीय दिशालाई निर्दिष्‍ट लक्ष्य दिएर विश्राम लिइरहेको बेला हाइकुका कारणले म शङ्कर लामिछानेलाई पुन: सम्झिन पुगेको छु ।
यस घडीमा श
ङ्कर वर्ष मनाउन मलाई सघाउने थुप्रै भावकहरूमा अनेक-अनेक कृतज्ञता ज्ञापन गर्दै ‘शङ्कर र हाइकु’ का ती गर्विला क्षणलाई जयजय भन्न चाहन्छु ।

* साभार : कौशिकी त्रैमासिक, २०६५ असार ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

۩ शङ्कर-साहित्य र नेपाली साहित्यको निबन्ध-यात्रालाई गति दिन तपाईँको गाली र ताली हामीलाई अत्यावश्यक छ, कृपया यसमा आफ्नो राय लेख्‍नुस्---